सभामुख घिमिरे : कुलिङ पिरियडु सम्बन्धी त्रुटि भएमा राष्ट्रियसभाबाट सच्याइनेछ

सभामुख घिमिरे : कुलिङ पिरियडु सम्बन्धी त्रुटि भएमा राष्ट्रियसभाबाट सच्याइनेछ

काठमाण्डौ – सभामुख देवराज घिमिरेले सङ्घीय निजामती विधेयकको कुलिङ पिरियडु सम्बन्धी अहिले चलिरहेको बहसबारे त्रुटि भएमा राष्ट्रियसभाबाट सच्याइने बताउनुभएको छ ।

सिंहदरबारमा रहेको आफ्नै कार्यकक्षमा आज पत्रकारसँग कुरा गर्दै उहाँले समितिबाट जे प्रस्ताव आयो, त्यही प्रतिनिधिसभाबाट पारित भएको बताउनुभयो । के गल्ती भएको हो र त्यो नियतवश हो कि प्रक्रियागत त्रुटि भनेर पत्ता लगाउनुपर्ने र थप अध्ययन आवश्यक पर्ने सभामुख घिमिरेले बताउनुभएको छ । विधेयक राष्ट्रियसभामा पुगेको र संशोधनपछि पुनः प्रतिनिधिसभामा फर्किने उहाँको भनाइ छ ।

सङ्घीय निजामती सेवा विधेयकमा सरकारी सेवाबाट राजीनामा वा अवकाश भएको मितिले दुई वर्षसम्म कुनै पनि सरकारी नियुक्ति लिन नपाउने व्यवस्थामा थपघट गरी जालझेल भएको भन्दै अहिले सार्वजनिक रूपमा बहस भइरहेको छ ।

प्रकाशित मिति : मंगलबार, असार १७ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij