दुई अटोप्राविधिक तालिम समापन

दुई अटोप्राविधिक तालिम समापन

बुटवल – अटोमोबाईल क्षेत्रका काम गरिरहेका जनशक्तिलाई समय अनुसार परिमार्जित भईरहेका सवारीहरुको प्रविधिको बारेमा जानकारी गराउने उदेश्य सहित बुटवलमा सञ्चालन भएका दुईवटा प्राविधिक तालिम समापन भएका छन् । बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रूपन्देही लुम्बिनीको व्यवस्थापनमा भएका तालिमहरु एक कार्यक्रमका बिचमा समापन गरिएको हो । इन्जिन प्रणाली व्यवस्थापन र नेपाली सेनाका जनशक्तिलाई हेवि ईन्जिनिरयरिङ ईक्वपेन्ट मेकानिक्स एडभान्स तालिम समापन समारोहमा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य जमुना ढकालले प्रदेश सरकार प्राविधिक शिक्षा र व्यवसायिक तालिमलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेको साथसाथै नीतिगत,संरचनागत र कार्यक्रमगत रुपमा यस्ता कार्यक्रमलाई अझ विस्तार गर्न कटिबद्ध भएको बताईन् । उनले वर्तमान विश्व प्रतिस्पर्धात्मक भएको जहाँ दक्षता, सीप र प्रविधिको ज्ञान आवश्यकतामा परिणत हुँदै यस्ता प्राविधिक तालिमहरूले युवाहरूलाई आत्मनिर्भर, उत्पादनमुखी र रोजगारमुखी बनाउने दिशामा सार्थक योगदान पुर्याउने बताईन् । बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रूपन्देही लुम्बिनीका अध्यक्ष प्रेम गौचनले बिगत १० वर्षयता निरन्तर तालिम सञ्चालन भएको बताउँजदै आगामी दिनहरूमा पनि यस्ता तालिमलाई अझ व्यापक बनाउने र औद्योगिक तथा प्राविधिक क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्ने दिशामा निरन्तर लागिरहने बताए । कार्यक्रममा नेपाल अटो इन्जिनियरिङ एसोसिएसनका केन्द्रीय उपाध्यक्ष ज्योती भण्डारीले बुटवल अटोले धेरै नै जनशक्ति उत्पादन गरेको दाबी गरे । रूपन्देही उद्योग संघ सिप विकास इकाईका कार्यक्रम संयोजक खिमानन्द रिजालले सवारी साधन मर्मत सम्भारको क्षेत्रमा दक्ष जनशक्तिको खाँचो देशभर हुँदा समस्या भोग्नु परेकाले व्यवहारीक ज्ञान प्रयोग गर्न आग्रह गरे । संस्थाका उद्योग उपाध्यक्ष तथा प्रविधि तालिम विभाग प्रमुख धुर्वराज भुसालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन संस्थाका महासचिव पुनीत पोख्रेलले गर्नुभएको थियो । इन्जिन प्रणाली व्यवस्थापनसम्बन्धी रूपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्य र नेपाल सरकार रक्षा मन्त्रालय नेपाली सेना विद्युत तथा यान्त्रिक शिक्षालय खरिपाटी भक्तपुरको संयुक्त आयोजना तथा बुटवल अटो इन्जिनियरिङ एशोसिएशन रुपन्देही लुम्बिनीको व्यवस्थापनमा भएका थिए ।

प्रकाशित मिति : मंगलबार, असार ३१ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij