रुपन्देहीको सियारीमा मोटरसाइकल दुर्घटना हुँदा बाबुको मृत्यु, छोरा घाइते

रुपन्देहीको सियारीमा मोटरसाइकल दुर्घटना हुँदा बाबुको मृत्यु, छोरा घाइते

बुटवल – रुपन्देहीको सियारी गाउँपालिका–७ भर्थापुरमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्।

मोटरसाइकल अनियन्त्रित भएर भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार, दुर्घटनामा परेर पछाडि सवार ६० वर्षीय राममिलन धवलको उपचारको क्रममा मृत्यु भएको हो। उनी मायादेवी गाउँपालिका–७ गर्गटीका बासिन्दा हुन्।

मोटरसाइकल चालक तथा उनका छोरा ३० वर्षीय विनोद धवल गम्भीर घाइते भएका छन्। टाउको, हात र खुट्टामा चोट लागेका उनलाई भैरहवास्थित सिटी अस्पतालमा उपचारका लागि लगिएको छ ।

प्रकाशित मिति : आइतबार, साउन १८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij