बुटवल – लुम्बिनी प्रदेशसभाको चालु छैटौँ अधिवेशन अन्त्य भएको छ। प्रदेश प्रमुख कृष्णबहादुर घर्तिमगरले गत भदौ ३१ गते राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको अधिवेशन अन्त्य गरेका हुन्।
प्रदेशसभाका सचिव दुर्लभ कुमार पुनले बिहीबार सूचना जारी गर्दै सो जानकारी दिएका छन्। उनले हिजो बिदा परेकाले आज सूचना जारी गरिएको बताए।
नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले अधिवेशन अन्त्य गरेको र लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम ३ को उपनियम ३ बमोजिम प्रदेशसभा सदस्यहरूलाई जानकारी गराउन यो सूचना प्रकाशित गरिएको बताइएको छ।
गत वैशाख ३१ गतेदेखि सुरु भएको छैटौँ अधिवेशनमा कुल १७ वटा बैठक बसेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ।

प्रकाशित मिति : बिहिबार, असोज २ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्