काठमाडौँ , तुइनखोलामा खसेको ठूलो सुक्खा पहिरोका कारण मुग्लिन नारायणगढ सडक पूर्ण रूपमा बन्द भएको छ।
ठूलो पहिरो खसेको र खस्नेक्रम जारी रहेपछि चितवन
प्रशासनले वैकल्पिक सडक प्रयोगका लागि सूचना जारी गरेको। विगत केही दिनदेखिनै यहाँ पहिरो खसेर यातायात प्रभावित भइरहेको छ।
चितवनबाट काठमाडौँका लागि साना गाडी मात्रै चितवनको जुटपानी, शक्तिखोर, मायाटार हुँदै धादिङको मलेखु निस्कने वैकल्पिक सडक प्रयोग गर्न सकिने छ।
यसैगरी धादिङको नौबिसेबाट मकवानपुरको हेटौँडा निस्कने त्रिभुवन राजपथको बाटोलाई वैकल्पिक सडकको रूपमा प्रयोग गर्न सकिने प्रशासनले जनाएको छ।
यसैगरी मकवापनुरको हेटौँडाबाट भैँसे, भीमफेदी, कुलेखानी, सिस्नेरी हुँदै दक्षिणकालीको बाटो तथा हेटौँडा(काठमाडौँका लागि ९ठूला सवारीसाधन मात्र० कान्तिलोकपथ प्रयोग गर्न सकिने छ।
यसैगरी चितवनबाट पोखरा जानका लागि ठूला तथा साना दुवै सवारीसाधन बुटवल हुँदै पोखरा जान सकिने प्रशासनले जनाएको छ।
यसैगरी चितवनबाट कालीगण्डकी करिडोरको बाटो सानो गाडी मात्रै गैँडाकोट हुँदै पाल्पा रामपुर, भिमाद हुँदै तनहुँ निस्कन सकिने जनाइएको छ ।
प्रकाशित मिति : बुधबार, असोज ८ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्