बिपि राजमार्ग भोलि सम्ममा संचालनमा आउने

बिपि राजमार्ग भोलि सम्ममा संचालनमा आउने

काठमाडौं , दशैँको बेला तीनदिनसम्म परेको भारी वर्षा कारण विभिन्न मूख्य राजमार्गहरू अवरूद्ध भए। विपी राजमार्ग अन्तर्गत रोशी खोलामा आएको बाढीले चौकीडाडा नेपालथोक सडक खण्ड बगाएर पुरानै हालतमा सडक फर्किएको छ।

हालसम्म उक्त सडक खण्ड पूर्ण रूपमा बन्द छ। गत वर्ष असोज १० देखि १३ गतेसम्म आएको भीषण वर्षाका कारण रोशी खोलामा आएको भेलबाढीले उक्त राजमार्गको करिब १३ किलोमिटर सडक कटान गरेको थियो।

नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार यही असोज १८ र १९ र २० गतेसम्म परेको वर्षा कारण मात्रै मध्य पहाडी लोकमार्ग र पाँचथर तमोर करिडोर पूर्ण रूपमा हालसम्म अवरूद्ध छ। असोज २१ गते रूकुम पूर्वी भाग भुमे गाउँपालिका ४ काँडाबगर स्थित मध्ये पहाडी लोक मार्गमा सडक माथिबाट ढुङगा,लेदो सहितको पहिरो झरी पूर्ण रूपमा अवरोध छ।

यस्तै,असोज १८ गते पाँचथर तुम्वेवा गाउँपालिका २  नावाखोला स्थित तमोर करिडोर सडक खण्डमा पहिरो झरी पूर्ण रूपमा बाटो अवरोध छ। जसकारण दशैँ मनाउन गाउँ गएका यात्रूहरू काठमाडौं आउन पाएका छैनन् भने काठमाडौंबाट गाउँ जाने यात्रूहरू सहज रूपमा जान पाएका छैनन्। विपीराजमार्ग अवरूद्ध हुँदा सोलुखुम्बु, ओखलढुंगा, उदयपुर,भोजपुर लगायत पूर्वी पहाडी जिल्लाका मानिसहरू काठमाडौं आउन वैकल्पिक बाटोको रूपमा विपी राजमार्गको खुर्कोट हुँदै रामेछापको मन्थली, तामाकोशी, दोलखाको चरिकोट, अरनिको राजमार्गको खडीचौरबाट काठमाडौं आवतजावत गरेका छन्।

तर,१२र१३ घण्टासम्म यात्रा गर्नुपर्दा यात्रूहरूलाई सकस परेको छ। दुई पांग्रे सवारी साधन भने नेपालथोक काभ्रे तेमाल हुँदै भकुण्डेबेसी आवतजावत गर्ने गरेका छन्। तर,बाटो जीर्ण बन्दा उनीहरूलाई विभिन्न समस्या भोग्न बाध्य छन्।

भोलीसम्ममा विपीराजमार्ग खुल्ने

सडक डिभिजन, भक्तपुरले भोली शुक्रबार सम्ममा ट्रयाक खोलेर बिपीराजमार्ग सञ्चालन ल्याउने जनाएको छ। सडक डिभिजन, भक्तपुरका डिभिजन प्रमुख सुमन योगेशले भोलीसम्ममा ट्रयाक खोल्नेगरि काम भइरहेको जानकारी दिए।

उनले भने,‘विपीराजमार्गको डाइभर्सन बनाउने काम धमाधम भइरहेको छ,भोलीसम्ममा सडक ट्रयाक खोलेर सञ्चालनमा आउँछ।’ आज बिहानै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीसहित सडक अनुगनमा गएका मन्त्री कुलमान घिसिङले बाढीपहिरोले क्षति चौकीडाँडालगायतका क्षेत्रको अनुगमन गरेका छन्।

मन्त्री घिसिङले संघीय राजधानी काठमाडौंसँग बागमती, मधेश र कोशी प्रदेशका जिल्लाहरूलाई जोड्ने लाइफ लाइन सडकलाई जतिसक्दो छिटो सञ्चालनमा ल्याउने गरी काम गर्न सडक विभाग र निर्माण व्यवसायीलाई आग्रह गरेका छन्।

प्रकाशित मिति : बिहिबार, असोज २३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij