जेनजी आन्दाेलनमा भएकाे शङ्कास्पद गतिविधिकाे निष्पक्ष छानबिन हुनुपर्छ : ओली

जेनजी आन्दाेलनमा भएकाे शङ्कास्पद गतिविधिकाे निष्पक्ष छानबिन हुनुपर्छ : ओली

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनका बेला शङ्कास्पद गतिविधि भएको भन्दै त्यसको निष्पक्ष छानबिन हुनुपर्ने बताउनुभएको छ ।

 

आज काठमाण्डाैमा सम्पादकहरूसँगको संवाद कार्यक्रममा अध्यक्ष ओलीले आन्दोलनका क्रममा बानेश्वरमा प्रदर्शनकारीले नभई ‘तिब्बतियन ओरिजिनल ब्लड’ (टीओबी) ले ब्यारिकेड तोडेको र भीडलाई उत्तेजित पार्ने काम गरेको दाबी गर्नुभयो ।

 

विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रतिर जान बाध्य पारिएको भन्दै ओलीले गोली प्रहारको घटना शङ्कास्पद रहेको दाबी दोहोर्‍याउनुभयो ।

 

लुटपाट र आगजनीका लागि योजना नै बनाएको पाइएको भन्दै उहाँले २३ गतेको गोलीकाण्डकाे घटनामा छानबिन गर्न आफूले त्यति बेलै मन्त्रिपरिषद्को बैठक डाकेको तर भोलिपल्ट अरू नै दृश्य देखिएको उहाँको भनाइ छ ।

प्रकाशित मिति : आइतबार, कार्तिक २ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij