नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मङ्सिर २७ गते नेपालको इतिहासमै सबैभन्दा ठूलो जनसभा गर्ने घोषणा गरेका छन् । उनले सो सभामार्फत जनता कसको पक्षमा छन् भन्ने स्पष्ट हुने दाबी गरेका छन् ।
सोमबार प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तरक्रियामा बोल्दै महासचिव पोखरेलले पार्टीले देशव्यापी कार्यक्रमहरूको श्रृङ्खला सञ्चालन गर्न लागेको जानकारी दिए ।
उनका अनुसार कात्तिक २२ गते देशभरका सबै वडामा जनभेला, कात्तिक २५ गते पालिकास्तरमा जनर्याली, कात्तिक २९ गते जिल्लास्तरमा र मङ्सिर ६ गते काठमाडौँ उपत्यकामा सभा गरिनेछ
त्यसपछि मङ्सिर २७ गते काठमाडौँमा इतिहासकै सबैभन्दा ठूलो जनसभा आयोजना गरिने उनले बताए ।
महासचिव पोखरेलले उक्त सभापछि जनता कसको पक्षमा छन् भन्ने देखिने दाबी गर्दै भने, “हामी देखाउन चाहन्छौँ – जनता कसको साथमा छन् ? जनता कहिल्यै पनि हिंसा, अराजकता र लुटपाटको पक्षमा हुँदैनन् ।”
प्रकाशित मिति : सोमबार, कार्तिक १७ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्