मधेशमा आज पनि सात दलको आन्दोलन, मुख्यमन्त्री र मन्त्रीहरुलाई बहिस्कार अभियान

मधेशमा आज पनि सात दलको आन्दोलन, मुख्यमन्त्री र मन्त्रीहरुलाई बहिस्कार अभियान

 

जनकपुरधाम । मधेश प्रदेशमा नेकपा एमालेको मुख्यमन्त्री नियुक्तिपछि आन्दोलनरत सात दलले बुधबार पनि आन्दोलन जारी रहने जनाएको छ । मंगलबार राति जारी विज्ञप्तिमा उनीहरुले मधेश प्रदेशमा नियुक्त मुख्यमन्त्री र मन्त्रीलाई बहिस्कार गर्न र कुनै पनि कार्यक्रममा सहभागी नगराउन पनि अपिल गरेका छन् ।

यो आह्वानपछि सोमबारदेखि असामान्य बनेको मधेश प्रदेशको राजधानी जकनपुरधाम अझै सामान्य नबन्ने संकेत गरेको छ । तत्कालीन मधेश प्रदेश प्रमुख सुमित्रा सुदेवी भण्डारीले असंवैधानिक तरिकाबाट मधेशमा सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि आन्दोलित ७ दलले बुधबार बिहान ८ः३० बजेदेखि ‘विरोध तथा शान्तिपूर्ण आन्दोलन’ हुने भएकाले सहभागिताका लागि अनुरोध गरेको छ

मंगलबार पनि सात दलले मुख्यमन्त्री नियुक्ति खारेजी र संविधान, संघीयता र संघीय लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि आन्दोलन गरेको थियो । आन्दोलनक्रममा सुरक्षाकर्मीद्वारा आन्दोलनकारीहरुमाथि गरिएको लाठी चार्ज, अश्रुग्यास प्रहार तथा क्रुरतापूर्ण दमनको सात दलले भ्रत्सना गरेको छ । उनीहरुले मंगलबारको कुटपिट घटनामा संलग्न सुरक्षाकर्मीलाई कारबाही माग गरेको छ । आन्दोलनक्रममा घाइते भएका आन्दोलनकारीको स्वास्थ्य लाभको कामना गरिएको छ ।

सात दलले महोत्तरी र सिन्धुली सिमानानजिकको पानस रेस्टुरेन्टमा शपथ ग्रहण गरेका मुख्यमन्त्री नेकपा एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोज कुमार यादवसहित मन्त्रिपरिषदका अन्य सदस्यलाई सार्वजनिक रुपमा बहिस्कार र विरोध गर्न om अपिल गरेका छन् ।

प्रकाशित मिति : बुधबार, कार्तिक २६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij