संकटग्रस्त सहकारीका साना बचतकर्तालाई एक लाखसम्म बचत फिर्ता दिने सरकारको तयारी

संकटग्रस्त सहकारीका साना बचतकर्तालाई एक लाखसम्म बचत फिर्ता दिने सरकारको तयारी

काठमाडौ,

संकटग्रस्त सहकारीका साना बचतकर्तालाई १ लाखसम्म भुक्तानी दिने सरकारले तयारी गरेको छ । सरकारले चक्रीय कोष सञ्चालन कार्यविधि बनाइ पीडित साना बचतकर्ताको बचत फिर्ता दिने तयारी गरेको हो ।

 

भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयले चक्रीय कोष सञ्चालन कार्यविधि मस्यौदा तयारी गरिसकेको छ ।

 

कार्यविधिको मस्यौदा अनुसार सहकारी मन्त्रालयले अर्थ मन्त्रलयसँग २ अर्ब रकम माग प्रस्ताव गरेको मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टले जानकारी दिए ।

 

एक लाखसम्मका साना बचतकर्तालाई रकम फिर्ता दिने कार्यविधि मस्यौदामा प्रस्ताव गरिएको प्रवक्ता भट्टले बताए । १ लाख बचत भएका बचतकर्तालाई पूरै दिने/नदिने सन्दर्भमा अर्थ मन्त्रालयको राय प्राप्त भएपछि निर्णय गरिने उनले बताए ।

 

सहकारी मन्त्रालयले तयार गरेको कार्यविधि अर्थ मन्त्रालय पठाइएको उनले जानकारी दिए । अर्थ मन्त्रालयले पनि त्यसलाई समीक्षा गर्ने भएकाले रकम भुक्तानीको आकार यकिन भइनसकेको उनको भनाइ छ ।

 

पछिल्लो समय समस्याग्रस्त सहकारीका बचतकर्ताले आफ्नो बचत फिर्ता माग गर्दै निरन्तर आन्दोलन गर्दै आएका छन् । बचतकर्ताको आन्दोलनले पनि सरकारलाई उक्त चक्रीय कोष खडा गरेर सानो बचत रकम फिर्ता गर्न दबाब परेको हो ।

 

त्यस्तै वित्तीय क्षेत्र सुधार सुझाव आयोगले पनि पीडित बचतकर्ताको ५ लाखसम्मको रकम सरकारले कोष खडा गरेर भुक्तानी दिनुपर्ने सुझाएको थियो ।

 

उक्त कोषमा सहकारी ठगका सम्पत्ति बेचबिखन पछि आउने रकम राखेर भरपाइ गर्न समेत आयोगले सुझाएको छ । सरकारले पनि सोही सुझाव कार्यान्वयन गर्न चक्रीय कोष कार्यविधि बनाएर कार्यान्वयन गर्न लागेको हो ।

प्रकाशित मिति : बुधबार, मंसिर १७ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij