एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता

एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता

काठमाण्डाै – नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आ–आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ ।

 

काठमाण्डाैको भृकुटीमण्डपमा बन्दसत्र स्थलको केन्द्रीय निर्वाचन आयोगको कार्यालयमा दुवै जनाले समर्थकसहित पुगेर आज आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो । अध्यक्ष ओलीले साढे ३ बजे र वरिष्ठ उपाध्यक्ष पोखरेलले ३ बजेतिर अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको हो ।

 

महाधिवेशनमा विभिन्न पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ताको कार्य चालिरहेकाे छ । उम्मेदवारी मनोनयनको समय यसअघि साढे ३ बजेसम्म कायम गरिएकामा उम्मेदवारको लाइन कायम रहेकाले केही समय लम्बिने देखिएको छ । एमाले महाधिवशेनले ३०१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ

प्रकाशित मिति : सोमबार, मंसिर २९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij