रुपन्देहीमा ट्रकसँग मोटरसाइकल ठोक्किँदा दुई किशोरको मृत्यु

रुपन्देहीमा ट्रकसँग मोटरसाइकल ठोक्किँदा दुई किशोरको मृत्यु

बुटवल

रुपन्देहीको भैरहवा–परासी सडकखण्डमा ट्रकसँग मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।

जिल्लाकाे रोहिणी गाउँपालिका वडा नम्बर ३, परासीझुवामा रोकिरहेको ट्रकमा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा सोही वडाका २१ वर्षीय राजु हरिजन र २३ वर्षीय रोहित यादवको मृत्यु भएको रूपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जनकारी दिए ।

आज बिहान करिब ६ बजे परासीबाट भैरहवातर्फ आउँदै गर्दा ग ११ प ८६२५ नम्बरको मोटरसाइकल रोकिरहेको एचआर ५५ डब्लु ०३१ नम्बरको भारतीय ट्रकमा ठोकिएको थियो ।

घटनामा गम्भीर घाइते मोटरसाइकलमा सवार दुबै जनालाई तत्काल भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज पु¥याइए पनि उपचारको क्रममा उनीहरूको मृत्यु भएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

दुर्घटनाग्रस्त ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : सोमबार, मंसिर २९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij