काठमाण्डौ – आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको छ ।
नेपालले दिएको १ सय २३ रनको लक्ष्य पछ्याएको थाइल्यान्डले १६ ओभर ५ बलमा २ विकेट गुमाएर भेटायो । थाइल्यान्डकी नथ्थकन चान्थमले अविजित ५७ रन बनाइन् । नेपालकी सीता रानामगरले २ विकेट लिइन् ।
यसअघि कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा १ सय २२ रन बनाउँदा सबै विकेट गुमायो । नेपालकी बिन्दु रावलले ४४ रन बनाइन् । थाइल्यान्डकी थिपाच्चा पुथावाङले ३ विकेट लिइन् ।
१० वटा टोली सहभागी प्रतियोगिता माघ १८ गतेसम्म चल्नेछ । प्रतियोगितामा दुवै समूहबाट शीर्ष तीनमा पर्ने टोलीहरू ‘सुपर–सिक्स’ मा पुग्नेछन् । ‘सुपर–सिक्स’ बाट शीर्ष चार वटा टोली आउँदो वर्ष इङ्ग्ल्यान्ड र वेल्समा हुने महिला टी–२० विश्वकपमा छनोट हुनेछन् ।
प्रकाशित मिति : आइतबार, माघ ४ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्