बुटवल । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले महाराजगंज क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
शनिबार बिहान मन्दिरमा भजन गाएको विषयमा भएको विवादपछि दुई समुदायबीच तनाव भएपछि निमित्त प्रमुख जिल्ला अधिकारीले सो क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेका छन् ।
जिल्ला सुरक्षा समितिको निर्णयानुसार शनिबार दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्म जिल्ला कपिलवस्तु महाराजगंज नगरपालिकाका पूर्वतर्फ बर्गदी पुल, पश्चिमतर्फ बहादुरगंज चोक, उत्तरतर्फ महाराजगंज बजार र दक्षिणतर्फ हर्दौनामा निषेधाज्ञा जारी गरिएको छ ।
प्रशासनले यी क्षेत्रमा कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम निषेधाज्ञाको आदेश जारी गरिएको जानकारी दिएको छ । साथै आदेशको उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई कानून बमोजिम कारवाही गरिने उल्लेख छ ।

प्रकाशित मिति : शनिबार, चैत्र ७ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्