कृष्णनगरबाट तुलसीपुुरतर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा १ जनाको ज्यान मृत्यु ४ जना घाइते

कृष्णनगरबाट तुलसीपुुरतर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा १ जनाको ज्यान मृत्यु ४ जना घाइते

दाङ ; कृष्णनगरबाट तुलसीपुुरतर्फ आउँदै गरेको जिप घोराही उपमहानगरपालिका ३ मसोटमा दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन्। रा १ च ९६२ नम्बरको बोलेरो साँढे ५ बजेतिर घोराही लमही सडक खण्डको मसोट नजिकै अनियन्त्रित भई भित्तामा ठोक्किएको थियो। दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १५ का २२ वर्षीय पदम वलीको ज्यान गएको हो। दुर्घटनामा घाइते भएका उनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिए पनि उपचार क्रममा बिहान पौने ७ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। घाइते तुलसीपुर उपमहानगरपािलका–१५ का ३८ वर्षीय भीमबहादुर वलीको हात र अनुहारमा चोट लागेको भए पनि अवस्था सामान्य छ। गम्भीर घाइते २४ वर्षीय गोपाल श्रेष्ठ र १७ वर्षीय विशाल वलीको प्रतिष्ठानमा उपचार भइरहेको दाङका प्रहरी प्रवक्ता सुमित खड्काले जानकारी दिए। त्यस्तै, सोही ठाउँका २६ वर्षीय देवराज वलीलाई थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ।

प्रकाशित मिति : बिहिबार, साउन १ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij