बुटवल
तिलोत्तमा नगरपालिका वडा नम्बर ६ मा गठित दक्षिण टोल विकास संस्थाद्धारा विभिन्न ७ प्रजातीका ३ सय पुष्प बृक्ष रोपण तथा नियमित सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
समुन्नत सुरक्षित र वातावरणमैत्री सुन्दर शहर,सुशासनयुक्त पर्यटकीय र समृद्ध तिलोत्तमा नगर“भन्ने नारालाईसाकार रुप दिन टोल र समुदायलाई सफा सुघर ,सुन्दर बनाउने अभियानलाई आत्म साथ गदै पुष्प बृक्ष रोपण गरिएको हो ।बिभिन्न ७ प्रजातिकाआकर्षक १५० थान पुष्प र १५० थान स्थानिय पुष्प बृक्ष रोपण गरिएको हो ।
शनिवार नगरपालिकाको कुंजलापुर चोक देखी १२ न मणिग्राम चोक सम्मको १ किलोमिटर दुरीको सडकको दुवै साईडमा पुष्प वृक्ष रोपण तथा सरसफाई गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथी तिलोत्मा नगरपलिकाका नगर प्रमुख श्री बासुदेब घिमिरेले हरियालीयुक्त, स्वच्छ र हराभरा बनाउने उद्देश्यले बृक्षारोपण लाई प्राथमिकता दिनुपर्ने बताउनु भयो ।वृक्षारोपणसँगै बिरुवाको संरक्षण महत्वपूर्ण हुने भएकाले हरेक घर र समुदायले बिरुवाको संरक्षणमा गनुपर्ने उहले बताउनु भयो कार्यक्रममा वड़ा न ६का प्रमुख बिशिष्ट अथिति सुखदेव नयौपानेले समुन्नत सुरक्षित र वातावरणमैत्री सुन्दर शहर,सुशासनयुक्त पर्यटकीय र समृध्द तिलोत्तमा नगरूभन्ने नागरपालिकको नारालाई आत्मसात गर्दै हामीले हाम्रो समुदायलाई सफा सुघर र सुन्दर बनाउनका लगि यस्ता कार्यक्रमहरु गर्नु अत्यन्त जरुरी रहेको बताउनुभयो ।

कार्यक्रम अध्यक्ष श्री सुन्दर प्रसाद आचार्यले नब गठित दक्षिण टोल बिकाश सस्थाले कोभिड–१९को बारेमा पनि समुदायमा सचेतना सम्बन्धी कार्यक्रम गरेको यो संस्थाको मूल उदेश्य सुन्दर, सबल सुशासनयुक्त सभ्य समाजको निर्माण गर्ने रहेको बताउनु भयो संस्थाका सचिब सुमन के सीको कार्यक्रम संचालन रकार्यक्रम संयोजक सदस्य सालिकराम तिवारी स्वागत मनतब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा कोषाध्यक्ष उमेश भुसाल बिभिन्न सामाजिकसंस्थाका अध्यक्ष तथा सामाजिक ब्यक्तिहरु सहभागिता,रहेकोे थियो । सस्थाले आगामीदिनमा हरेक महिनाको १५ गतेलाई नियमित सरसफाई अन्तर्गत राखि नगरपालिका र वड़ा सँग समनन्य गर्दै गर्ने लक्ष्य लिएको छ।
प्रकाशित मिति : शनिबार, साउन ३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्