शँकरनगर सामुदायिक वनमा श्रीखण्डका विरुवा रोपियो

शँकरनगर सामुदायिक वनमा श्रीखण्डका विरुवा रोपियो

 

तिलोत्तमा, । रुपन्देहीको शँकरनगर सामुदायिक वन उपभोक्ता समूहले समूहको कार्यालयदेखि पूर्व पानी पोखरी र वोरिङ्ग रहेको वन क्षेत्रलाई श्रीखण्ड पार्कको रुपमा विकास गर्ने भएको छ ।

उक्त क्षेत्रलाई श्रीखण्ड पार्कका रुपमा विकास गर्ने उद्देश्य अनुरुप सो क्षेत्रमा श्रीखण्डका विरुवा रोपण गरिएको छ । प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले शनिवार विहान एक कार्यक्रमका विच श्रीखण्डका विरुवा रोपण गरेर बृहद श्रीखण्ड बृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्नुभयो ।

शँकरनगर सामुदायिक वनको आयोजना र तिलोत्तमा नगरपालिकाको सहयोगमा गरिएको श्रीखण्ड विरुवा रोपण कार्यक्रममा बोल्दै मन्त्री गिरीले श्रीखण्डका विरुवा रोपण संगै शँकरनगर सामुदायिक वन विविधता युक्त वन हुने र विभिन्न प्रजातिका वनस्पतिले वनलाई संमृद्धि तर्फ अगाडी वढाउने वताउनु भयो । यो क्षेत्रलाई श्रीखण्ड पार्कको रुपमा विकास गर्न सके यसले नयाँ आयाम थप्नुका साथै पार्कको आकर्षणले यस क्षेत्रको होटल तथा पर्यटन ब्यवसायको प्रवद्र्धनमा समेत ठूलो टेवा पुर्याउने विश्वास ब्यक्त गर्नुभयो ।

नेपालमा वोट विरुवा रोप्ने अभियान राम्रो भए पनि रोपिएका विरुवा हुर्काउने, जोगाउने र संरक्षण गर्ने कार्यमा ध्यान पुग्न नसकेको भन्दै मन्त्रि गिरीले श्रीखण्डका विरुवा जोगाउने र संरक्षण गर्ने काममा ध्यान दिन सामुदायिक वनलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाकाका प्रमुख बासुदेव घिमिरेले सो क्षेत्रलाई श्रीखण्ड पार्कका रुपमा विकास गर्ने उद्देश्य अनुरुप तिलोत्तमा नगरपालिकाले सामुदायिक वनलाई श्रीखण्डका विरुवा सहयोग गरेको वताउनु भयो । रुपन्देहीमा श्रीखण्डका विरुवा रोप्ने पहिलो कार्यक्रम भएको वताउंदै नगरप्रमुख घिमिरेले पार्कमा एक हजार श्रीखण्डका विरुवा रोप्ने अभियान अन्तर्गत नगरपालिकाले पहिलो चरणमा सामुदायिक वनलाई ५ सय विरुवा उपलब्ध गराएको वताउनु भयो । विरुवा सौजन्य संगै रोपिएका विरुवा संरक्षणका लागि नगरपालिकाले पार्कको वरिपरि तारवार तथा विरुवा रोपेर खाली रहेको जमिनमा श्रीखण्डको विरुवाको सपोर्टका लागि नगदे वाली गर्ने विषयमा युएनडिपि संग छलफल चलिरहेको वताउनु भयो ।

सामुदायिक वनका सचिव इन्दु थापाको संचालनमा भएको कार्यक्रममा समूहका अध्यक्ष राम गिरीले श्रीखण्ड पार्कको संरक्षण तारवारका लागि प्रदेश सरकार र नगरपालिकालाई सहयोग गर्न आग्रह गर्नुभयो । वन कार्यालयले साल जन्य काठ दाउरा विक्री वितरणमा रोक लगाएका कारण सामुदायिक वनका कर्मचारीलाई तलव खुवाउन र कार्यालय संचालनमा समेत समस्या भएकाले तारवार र संरक्षणका लागि प्रदेश सरकार र नगरपालिकालाई सहयोग गर्न आग्रह गरिएको अध्यक्ष गिरीले वताउनु भयो ।

श्रीखण्डको विरुवा हुर्कनका लागि साथमा सहयोगि विरुवाको आवश्यक्ता पर्ने र एक विरुवा देखि अर्को विरुवा ५ मिटरको दुरीमा रोप्नु पर्ने भएकाले सामुदायिक वनले विज्ञको परमर्शमा श्रीखण्डका विरुवा रोप्ने काम गरेको बृक्षारोपण कार्यक्रमका संयोजक तथा समूहका उपाध्यक्ष रविन्द्र बस्नेतले वताउनु भयो । उहांका अनुसार पहिलो चरणमा ५ सय विरुवा रोपिने छ ।

प्रकाशित मिति : शनिबार, साउन ३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij