अर्घाखाँचीमा स्करपियो दुर्घटना : एक जनाको मृत्यु

अर्घाखाँचीमा स्करपियो दुर्घटना : एक जनाको मृत्यु

 

अर्घाखाँची – काठमाडौ बाट अर्घाखाँचीको सन्धिखर्क आउँदै गरेको स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर तीन ठाडामा बा १५ च २७०६ नम्बर स्कारपियो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले बताउनुभयो ।
मृत्यु हुने व्यक्तिको पहिचान हुन सकेको छैन । उनको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा मृत्यु भएको बताईएको छ ।
त्यस्तै गम्भिर घाइते हुनेमा काभ्रेको पांचखाल नगरपालिका वडा नम्बर १३ का वर्ष २३ का लिला तामाङ रहेका छन् । उनी सो स्कारपियोको चालक रहेका छन् ।
उनको उपचार भइरहेको अर्घाखाँची प्रहरीले जनाएको छ । ओरालोबाटोमा चिप्लिदा जिप सडक देखि ५ सय मिटर तल खसेको छ । घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : शनिबार, साउन ३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij