बुटवल
लायन्स क्लब अफ मणिमुकुन्दको आयोजनामा बुटवलमा रहेको जनता माध्यमिक विद्यालयमा बृक्षारोपण गरिएको छ ।
क्लबले सामाजिक कार्यक्रम अन्र्तगत विद्यालयको परिषदमा बृक्षारोपण गरेको हो ।क्लबका अध्यक्ष जेवि गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पुर्व गर्भनर सुनिल प्रसाद ओझाले क्लवले गरेको रचनात्मक कार्यको प्रशंसा गर्नु भयो ।उहांले बृक्षारोपणसंगै यसलाई हुर्काउने वढाउने काममा पनि ध्यान दिन आग्रह गर्नु भयो ।
कार्यक्रममा लायन्सका एरिया प्रमुख सन्दिप कौंशधन , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दिकिशोर ढकाल, प्रध्यानाध्यापक आशा बस्नेत,जोन चिरय प्रशन श्रष्टि गुरुङ्ग, माधब नेपाल , रोशन भण्डारी लगायतले बोलेका थिए । विद्यालय परिषरमा लिचि , आपँ, कपुर , रुद्धाक्ष लगायत जातका विरुवाहरु रोपिएको हो । करिब ८ हजार बराबरको विरुवा रोपिएको क्लबका अध्यक्ष जेवी गुरुङले जानकारी दिनु भयो ।
प्रकाशित मिति : सोमबार, साउन ५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्