महिलाहरुको सिप बिकासका लागि च्याउ उत्पादन तालिम

महिलाहरुको सिप बिकासका लागि च्याउ उत्पादन तालिम

कञ्चन
कञ्चन जेसिज बर्ष २०२० को आयोजना तथा नेपाल जेसिज कृषिमा युवा परियोजनाको सहकार्यमा कञ्चनका उधमशिल तथा बिपन्न महिलाहरुको लागि महिलाहरुको सिप किास अन्तर्गत एक दिने च्याउ उतपादन तालिम संचालन गरिएको छ।
तालिमको उद्धघाटन गर्दै नेपाल जेसिज बर्ष २०२० का निरुपित कार्यकारीरिणी उपाध्यक्ष शोभा खरेलले जव सम्म युवाहरुमा भएको अन्तरनिहित क्षमताको खोजी र त्यसको बिकास गर्न सकिदैन तव सम्म समाज फेरी पनि बर्षौं सम्मका लागि पछाडी ढकेलिने र युवाहरु कहिल्यै आत्म निर्भर बन्न नसक्ने बताउनु भएको छ । निरुपित कार्यकारीरिणी उपाध्यक्ष खरेलले युवाहरुलाई आत्म निर्भर बनाउन पनि जेसिज भित्र प्रबेश गर्नु पर्ने उल्लेख गर्दै जेसिजले ब्यबसाय गर्नमा उत्प्रेरित गर्दै आफुले संचालन गरेको ब्यबसायलाई कसरी प्रबद्र्धन र बजारीकरण गर्ने भन्ने बिषयमा पनि ब्यबसायिक कलाको क्षमताको बिकास गराउनको लागि सही मार्ग निर्देशन र प्रशिक्षण दिने भएकोले बिश्वभरका युवाहरुले जेसिजलाई बिश्व बिधालय सरह मान्दै आइरहेको बताउनु भएको थियो ।
यसैगरी कञ्चन जेसिज बर्ष २०२० का अध्यक्ष बाबुराम पौडेलले कञ्चन जेसिज आफैमा सामाजिक संस्था नभएको भएपनि जेसिज स्थापना देखि नै कञ्चनमा सामाजिक संस्थाको रुपमा काम गर्दै आइरहेको उल्लेख गर्दै कञ्चनका युवाहरुको अन्तरनिहीत क्षमतालाई पहिचान र बिकास गर्न सृजनात्मक कार्यहरुसंगै जुन समाजको नेतृत्व गर्ने हो सोही समाजमा गएर युवाहरुमा भएको क्षमता प्रदर्शन गरिनु सामाजिक गतिबिधिी अन्तर्गत भएको बताउनु भएको छ । नेतृत्व र ब्यक्तित्व बिकास भनेको भाषण कला,वाक क्षमता र निर्देशनात्मक चिन्तन मात्र नभई नेतृत्व गर्दै गर्दा आउन सक्ने अवरोधहरुको पहिचानका लागि सिक्दै गरेको कलाहरु बयबहारिक रुपमा समाजमै प्रदर्शन वा लागु गर्ने गराउने अभ्यास गराउदा क्षमताको बिकासमा गुणस्तरियता आउनुको साथै समाजसंग बढी परिचित र सामाजिकरण हुन सहज हुने बताउनु भएको छ।
कञ्चन जेसिज बर्ष २०२० का कार्यकारीरिणी उपाध्यक्ष राजन शर्माले जेसिज ब्यक्तित्व र नेतृत्वको बिकास गर्ने थलोमात्र नभई ब्यबसायिक बन्न उत्प्रेरित गर्ने र आफुले संचालन गरेको ब्यबसायको प्रबद्र्धनका लागि कलात्मक क्षमताको समेत बिकास गर्ने फरक प्रशिक्षण केन्द्रको रुपमा रहेकोले कञ्चन जेसिजको नियमित कार्यक्रम अन्तर्गत महिला सिप बिकास अन्तर्गत च्याउ उत्पादन तालिमको आयोजना गरिएको बताउनु भएको छ ।
स्पिन्जर च्याउ ब्लक,कञ्चन १,रुपन्देहीका संचालक तथा च्याउ उत्पादक किसान संघका रुपन्देहीका अध्यक्ष गंगाधर शर्माले च्याउ उत्पादन तालिमको लागि मुख्य सहजिकरण गर्नु भएको थियो भने तालिममा कञ्चनका करिब २५ जना महिलाहरुको सहभागिता रहेको कञ्चन जेसिज बर्ष २०२० का महासचिव चित्र तुलाचनले जानकारी दिनु भएको छ। च्याउ उत्पादन तालिम स्पिन्जर च्याउ ब्लक,कञ्चन १,रुपन्देहीको च्याउ फर्ममा भएको थियो ।

प्रकाशित मिति : शुक्रबार, साउन ९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij