गुल्मी ।
अविरल वर्षाका कारण ३ दिनदेखि अबरुद्ध गुल्मीको रिडी–रुद्रवेणी–वामी सडक खण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।
शनिवार जिल्लाको रुरुक्षेत्र गाउँपालिकाको वडा नम्बर–१ को कालिगण्डकी करीडोर सडक अन्र्तगत खोपा भन्ने स्थानमा ठूला चट्टान सहितका ढुंगा खसेकाले सडक अबरुद्ध भएको थियो ।
पहिरो हटाउन स्काभेटरहरु प्रयोग गरिए पनि पानीपर्ने क्रम चलिरहेकाले ३ दिनपछि सोमबार साँझबाट मात्रै सडक सुचारु भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ । सडक अबरुद्ध भएपछि बिभिन्न गनतव्यमा हिडेका सवारी साधान र यात्रुहरु अलपत्र परेका थिए ।
अविरल वर्षका कारण बर्षाले गुल्मी जिल्लाका ग्रामिण भेगका अधिकांश सडक जोखिम र अबरुद्ध बनेका छन् । ग्रामीण भेगका कच्ची सड्क वर्षातको पानीले बगाउँदा सड्कमा खाल्डा हुनुका साथै कतिपय स्थानमा पहिरोले धेरै सड्क जोखिम बनाएको छ ।
प्रकाशित मिति : सोमबार, साउन १२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्