बिदेशी कामदार ल्याउँदा अनिवार्य स्वीकृति लिन बुटवल उवासंघको आग्रह

बिदेशी कामदार ल्याउँदा अनिवार्य स्वीकृति लिन बुटवल उवासंघको आग्रह

 

बुटवल ।
बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले उद्योगी व्यबसायीलाई बिदेशी कामदार ल्याउँदा अनिवार्य रुपमा प्रशासनको स्वीकृति लिएर मात्रै ल्याउन आग्रह गरेको छ । संघले मंगलबार प्रेस विज्ञप्ती प्रकाशित गरि बिदेशी कामदार (बिशेष गरी भारतीय कामदार) ल्याउँदा प्रशासनको स्वीकृति लिनका लागि उद्योगी व्यबसायीलाई आग्रह गरेको हो ।

विश्वमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) का कारण सरकारले गत चैत ११ गतेदेखि लागु गरेको लकडाउन पछिपनि कोरोना भाईरसको संक्रमण बढ्दै गएकोमा संघको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गर्दै नेपाली उद्योग प्रतिष्ठानमा काम गर्ने कामदार ल्याउँदा स्थानीय तह मार्फत अनिवार्य क्वारेनटाईनमा राख्ने, आवश्यक भएमा पिसीआर जाँच गराउने र बिदेशी नागरिक (बिशेष गरी भारतीय नागरिक) कामदार भएमा अनिवार्य प्रशासनको स्वीकृति लिएर मात्रै ल्याउन आग्रह गरिएको हो । यसको रोकथामकालागि तीन तहका सरकारलाई गम्भिर हुन समेत आग्रह गरिएको छ ।

संघका अध्यक्ष खिमबहादुर हमालद्वारा हस्ताक्षरित बिज्ञप्तीमा यहि साउन ६ गतेसम्म झण्डै ४ महिना लामो लकडाउन अन्य भएपछि पनि बुटवल बजार क्षेत्रमा कोरोना भाईसरको संक्रमण देखिएकोमा संघको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । कोरोना भाईसर (कोभिड–१९) संक्रमण फैलिन नदिनकालागि सरकारले रोक लगाएका उद्योग व्यबसाय बाहेक व्यबसाय प्रतिष्ठान सञ्चालन गर्दा अनिवार्य सुरक्षाका उपायहरु अवलम्बन गर्न आग्रह गर्दै कोही उद्योगी व्यबसायीले अनाधिकृत रुपमा कामदार ल्याउने र कारोना रोकथाम तथा नियन्त्रणका लागि तोकिएको मापदण्ड नअपनाएमा त्यसको जिम्मेवार स्वयम व्यबसायी हुनुपर्ने समेत बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

त्यसैगरी व्यबसायी तथा उपभोक्ता समेतलाई भिडभाड कम हुने उपाए अपनाउन र डिजिटल भुक्तानी प्रणाली अवलम्बन गर्न आग्रह गरिएको छ । सरकारी संयन्त्रले पिसीआर परीक्षणलाई साँघुरो पारिएकै कारण समुदाय तहमा कोरोना भाईसर संक्रमण बढेको महशुस गरिएको औंल्याउँदै संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय तहलाई पिसीआर परीक्षणको दायरा बढाउन तथा व्यक्तिगत सुरक्षाका उपायहरु अवलम्बन गराउने कामलाई समेत प्रभावकारी बनाउन जोडदार माग गरिएको छ ।

त्यस्तै बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले कोरोना भाईरसको संक्रमणबाट जोगिन र फैलिन नदिनकालागि उद्योगी व्यबसायी सहित आम रुपमा आह्वान गरेको छ । संघले यसको संक्रमणबाट बँच्नकालागि सामाजिक दुरी कायम गर्न, सेनिटाईजर तथा मास्कको अनिवार्य प्रयोग गर्न तथा उद्योगी व्यबसायीले भारतबाट कामदार ल्याउँदा अनिवार्य रुपमा स्वीकृति लिएर मात्रै ल्याउन आग्रह गर्दै बुटवल बजारमा माईकिङ् (सूचना प्रशारण गरेको छ ।

प्रकाशित मिति : मंगलबार, साउन १३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij