काठमाण्डौ
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २० हजार नाघेको छ ।पछिल्लो २४ घण्टामा थप तीन सय १५ जना सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या २० हजार ८६ पुगेको हो । पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ९३ जनाको परीक्षण भएको छ ।
जम्मा सङ्क्रमितमध्ये १४ हजार ४ सय ९२ जना निको भएर डिस्चार्ज भइसकेकाले सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार तीन सय ३८ मात्रै रहेको छ । पछिल्लो २४ घण्टामा मात्रै ९३ जना डिस्चार्ज भएका छन् ।
अहिले प्रदेश एकमा दुई सय २५ जना, प्रदेश दुईमा दुई हजार ६६ जना, वागमतीमा पाँच सय ७५ जना, गण्डकीमा तीन सय १३ जना, प्रदेश पाँचमा तीन सय ८७ जना, कर्णालीमा दुई सय ९७ जना र सुदूरपश्चिममा एक हजार ६ सय ७५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।स्वास्थ्य मन्त्रालयले कुल सङ्क्रमितको ७२ दशमलव १ प्रतिशत व्यक्ति निको भएको जनाएको छ । हाल देशभर ११ हजार पाँच सय ३३ जना व्यक्ति क्वरेण्टीनमा रहेका छन् ।
प्रकाशित मिति : शनिबार, साउन १७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्