महिला संघद्धारा स्थापना दिवशमा अनाथ आश्रमलाइ खाद्यान्न बितरण

महिला संघद्धारा स्थापना दिवशमा अनाथ आश्रमलाइ खाद्यान्न बितरण

बुटवल
नेपाल महिला संघको ७३ औं स्थापना दिवशको अबसरमा महिला संघ रुपन्देहीले अनाथ बालबालिकाहरुलाइ खाद्यान्न बितरण गरेको छ ।
महिला संघले आज एक कार्यक्रमका बिच मणिग्रामको आत्मशान्ती अनाथ आश्रममा रहेका बालबालिकाहरुलाइ खाद्यान्न प्रदान गरेको हो । महिला संघ रुपन्देहीका सभापती गंगा शाही, कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका जिल्ला सभापती अब्दुल रज्जाक विशिष्ट अतिथि सचिव रामकृष्ण खाँण, जिल्ला सदस्य माया गौतम,मिना भण्डारीले चामल,दाल, तेल,लगायतका खाद्यान्न सामाग्री आश्रमका संचालक मैनादेवि भण्डारीलाइ हस्तान्तरण गर्नु भयो ।
खाद्यान्न बितरण कार्यक्रममा बोल्दै पार्टी सभापती रज्जाकले नेपालको राजनीतिक,सामाजिक र आर्थिक परिवर्तनमा महिलाहरुको ठुलो योगदान रहेको र त्यसको नेतृत्व नेपाल महिला संघले गर्दै आएको बताउनु भयो । महिला संघका सभापती गंगा शाहीले राज्यका हरेक निकाय,सामाजिक क्षेत्र र पार्टी भित्रै पनि महिला अधिकार स्थापित गराउन महिला संघले महत्वपुर्ण भुमीका खेल्ने बताउनु भयो । महिला संघका सदस्य रुपा पुनको संचालन र विष्णु पराजुलीको स्वागतमा भएको कार्यक्रममा काँग्रेसका जिल्ला सदस्य मिना भण्डारी लगायतले बोल्दै स्वर्गीय नेताहरु मंगलादेवि सिंह,नोना कोइराला,शैलजा आर्चायको योगदानको चर्चा गर्नु भयो । स्वर्गीय मंगलादेवी सिंहले २००४ साल साउन २४ गते गठन गरेको नेपाल महिला संघ नेपाली काँग्रेसको सबैभन्दा जेठो भगिनी संस्था हो ।

प्रकाशित मिति : शनिबार, साउन २४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij