सङ्क्रमितले अरुलाई भाइरस नसार्न पहल गरौँ : मन्त्रालय

सङ्क्रमितले अरुलाई भाइरस नसार्न पहल गरौँ : मन्त्रालय

काठमाण्डाै – सरकारले एक जना सङ्क्रमितले अरु तीन हजार जना सम्मलाई कोरोना भाइरसकाे सङ्क्रमण सार्न सक्ने भएकोले सुरक्षित रहन सङ्क्रमण भएकाहरुलाई आग्रह गरेको छ ।

कतिपय सङ्क्रमित आइसोलेशनबाट भाग्ने, होम आइसोलेशनमा बसेकाहरु बाहिर निस्किने जस्ता गुनासो आएको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले परिवार, छिमेकी वा देशलाई नै पर्ने समस्यालाई बुझी अनुशासित हुन सङ्क्रमित भएकाहरुलाई आग्रह गर्नुभयो ।

उहाँले आइसोलेशनबाट भाग्नुभन्दा चित्त नबुझेको कुरा आइसोलेशन व्यवस्थापनसँग राख्न भन्दै आवश्यकताअनुसार आइसोलेशन सुधारका लागि सबैलाई आग्रह गर्नुभयो । कोरोना महामारीले देशको स्वास्थ्य सेवा नै असहज अवस्थामा पुगेको भन्दै यो समयमा सबैको हातेमालोबाट मात्रै समस्या समाधान हुने उहाँले बताउनुभयो ।

यस्तै प्रवक्ता गौतमले सम्बन्धित अस्पतालसँग समन्वय नगरि कोरोना सङ्क्रमितलाई रेफर नगर्न निर्देशन दिनुभएको छ । कतिपय सङ्क्रमितलाई सम्बन्धित अस्पतालमा सम्पर्क गरी र डाक्टरको साथ नलगाइ पठाएको पाइएको भन्दै यस्तो गर्दा केही तलमाथि भएमा रेफर गर्ने अस्पताल जवाफदेही हुने प्रवक्ता गाैतमले बताउनुभयो ।

प्रकाशित मिति : आइतबार, भाद्र १४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij