लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नचल्ने

लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नचल्ने

काठमाडौं : शैक्षिक संस्था र लामो दूरीका यातायात भदौभर नखुल्ने भएका छन्। आइतवार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको एकजना मन्त्रीले जानकारी दिएका छन् देशमा कोरोना भाइरस तीव्र गतिमा फैलिन थालेपछि मानिसको ओहोरदोहोर रोक्न र भिड जम्मा हुन नदिन लामो दूरीका यातायात र शैक्षिक संस्था भदौ मसान्तसम्म बन्द नै राख्‍ने निर्णय भएको ती मन्त्रीले जानकारी दिएका छन्। त्यसैगरी सरकारले आन्तरिक हवाई उडान पनि भदौ मसान्तसम्म नै नखोल्ने निर्णय गरेको छ। हवाई कम्पनीहरुले उडान सञ्चालनको पूर्वतयारी गरिरहँदा सरकारले भने भदौ १५ सम्म रहेको उडान स्थगनलाई बढाएर मसान्तसम्म पुर्‍याएको हो। साउन ७ गते लकडाउन खुलेसँगै सरकारले शैक्षिक संस्था खुलाउने तयारीस्वरुप सरकारी शिक्षकहरुलाई विद्यालयमा हाजिर हुन भनेको थियो। तर लकडाउन खुलेसँगै कोरोना भाइरस तीव्र गतिमा फैलिएपछि शैक्षिक संस्था खुल्ने अझै टुंगो भएको थिएन। यस्तोमा भदौ मसान्तसम्म नखुल्ने निर्णय भएको हो। अर्कातिर लकडाउन हटेसँगै एक जिल्ला भित्र मात्रै सवारीसाधन चल्न थालेका थिए। तर कोरोना फैलिएसँगै देशका अधिकांश स्थानमा अहिले निषेधाज्ञाको अवस्था छ। यस्तो अवस्थामा सरकारले लामो दूरीका यातायात पनि भदौ मसान्तसम्म नखोल्ने निर्णय लिएको हो। सरकारले साउन ७ गतेदेखि लकडाउन हटाए पनि लामो दूरीका यातायात, शैक्षिक संस्था तथा आन्तरिक र बाह्य हवाई उडान खुलाएको थिएन। कोरोना फैलिएपछि खुला गरिएका अन्य व्यवसाय पनि अहिले बन्द भइसकेका छन्।

प्रकाशित मिति : सोमबार, भाद्र १५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij