पाल्पा ।
घरको माथिबाट खसेको ढुंगा लागेर तिनाउ गाउँपालिका–३ श्रीडाँडामा मंगलबार राति घाइते भएकी ३ वर्षीया बालिका करिश्मा चौहानको उपचारको क्रममा बिहीबार निधन भएको छ । रुपन्देहीको बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचार गराइरहेकी उनको उपचारका क्रममा निधन भएको वडाध्यक्ष प्रेमप्रसाद पाण्डेयले बताए ।
बालिकाकी आमा २९ वर्षीया समीक्षा चौहानको मंगलबार राति नै निधन भएको थियो । माथागढी गाउँपालिका–७ रहवास घर भइ माइतीमा आएका आमाछोरीको घरमाथिबाट आएको ढुंगाले लागेर घाइते हुँदा उपचारको क्रममा निधन भएको वडाध्यक्ष पाण्डेयले बताए ।
मंगलबार बेलुकी श्रीडाँडाका गोविन्द सोमैको घरमा मोबाइल चार्ज गरेर बसेका उनीहरुको घर माथिबाट खसेको ढुंगा लागेर गम्भीर घाइते भएका थिए । श्रीडाँडाको माथिल्लो भागमा सिद्धार्थ मिनिरल्स प्रालिको चुनढुंगा खानी रहेको छ ।
प्रकाशित मिति : बिहिबार, भाद्र १८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्