वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने नेकपा सचिवालयको निर्णय

वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने नेकपा सचिवालयको निर्णय

वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने नेकपा सचिवालयको निर्णय

काठमाण्डौ-सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न सिफारिस गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सकिएको सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको हो।

सचिवालयको निर्णयपछि अब सरकारले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न राष्ट्रपतिलाई सिफारिस गर्नेछ। गएको २० फागुनदेखि राष्ट्रियसभा सदस्यमा एक मनोनित सदस्य रिक्त थियो।

नेकपाभित्रको विवादकै कारण अर्थमन्त्री युवराज खतिवडाको दुई वर्षे कार्यकाल पूरा भएको ६ महीनासम्म उक्त पद रिक्त रह्यो। तर, बिहीबारको सचिवालयले भने गएको १४ फागुनको सचिवालयकै निर्णय सदर गरेको छ। १४ फागुनको सचिवालय बैठकले खतिवडाको ठाउँमा गौतमलाई पठाउने निर्णय गरेको थियो।

तर, प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले खतिवडालाई नै निरन्तरता दिने अडान लिएका थिए। सचिवालय बैठकले पार्टी विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलको प्रतिवेदनलाई सचिवालय र स्थायी कमिटीमा छलफल गर्ने समेत निर्णय गरेको छ।

प्रकाशित मिति : बिहिबार, भाद्र १८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij