प्रदेश ५ सहित पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना

प्रदेश ५ सहित पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना

बुटवल – मुलुकका विभिन्न पाँचवटा प्रदेशमा मंगलबार (आज) भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश ,गण्डकी प्रदेश तथा प्रदेश ५ का केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको हो । मौसम सामान्यतया बदली भई अहिले यिनै प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । मंगलबारराति पनि यही अवस्था रहने उनीहरुको भनाइ छ ।

अहिले मनसुनको न्यून चापीय रेखा औसत भन्दामाथि र नेपालभन्दा दक्षिण तर्फ रहेसँगै स्थानीय वायुको पनि प्रभाव रहेकाले मौसम बदली भएर वर्षाको सम्भावना रहेको जनाइएको छ ।

प्रकाशित मिति : मंगलबार, भाद्र २३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij