स्वास्थ्य सुरक्षा मापदण्ड र निर्णय नमान्नेलाई कडा कारबाही गर्ने प्रशासनको चेतावनी

स्वास्थ्य सुरक्षा मापदण्ड र निर्णय नमान्नेलाई कडा कारबाही गर्ने प्रशासनको चेतावनी

काठमाण्डौ
काठमाण्डौमा निषेधाज्ञा केही खुकुलो बनाएसँगै मापदण्ड उल्लङ्घन गर्ने बढेको भन्दै प्रशासनले कारबाहीको प्रक्रियालाई तीव्र बनाउने छ ।
निषेधाज्ञा खुकुलो बनेपछि जोरबिजोर प्रणाली नमान्ने, सार्वजनिक गाडीले भीडभाड गरेर यात्रु ओसारपसार गराएको, तोकिएको दिन र समयभन्दा बाहेकको समयमा पनि पसल खोल्ने, भीडभाड गर्ने, मास्क नलगाइ हिँड्ने जस्ता क्रियाकलाप भएको भन्दै प्रशासनले मापदण्ड पालनामा कडाइ गर्ने भएको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्नेलाई कडा कारबाही नगरी नहुने अवस्था सिर्जना भएको बताउनुभएको छ । उहाँले हिजोमात्रै जोरबिजोर नमान्ने एक हजारभन्दा धेरै गाडीलाई कारबाही गरिएको बताउनुभयो ।

यस्तै काठमाण्डौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सरकारले तोकेको मापदण्ड र निर्देशन नमानेमा जो कोहीलाई पनि कारबाही हुने चेतावनी दिनुभयो । उहाँले जिल्ला प्रशासन कार्यालयले जारी गरेको १९ बुँदे मापदण्ड पालना भएनभएको बारे अनुगमन भइरहेको भन्दै सरकारी निर्णयलाई अक्षरस पालना गर्न आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : शुक्रबार, भाद्र २६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij