प्रदेश ५ को कृषि मन्त्रालयद्धारा कृषि प्राविधिकहरुकोे लागि आवेदन माग

प्रदेश ५ को कृषि मन्त्रालयद्धारा कृषि प्राविधिकहरुकोे लागि आवेदन माग

बुटवल
प्रदेश ५ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कृषि प्राविधिकहरुकोे लागि आवेदन माग गरेको छ। मन्त्रालयले सूचना प्रकाशित गरी मन्त्रालय र मातहतका कार्यालयको लागि ६८ जना र स्थानीय तहहरुमा १ सय ९ जना गरी १ सय ७७ पदमा आवेदन माग गरिएको हो।

प्रदेश सरकारले स्थानिय तहमा करारमा एक–एक जना कृषि प्राविधिक नियुक्ति गर्न लागेको छ। जसअनुसार विभिन्न क्षेत्रका गरी १ सय ९ प्राविधिक कर्मचारीहरु मागिएको छ। स्थानीय तहका लागि ७० जना कृषि अधिकृत, २१ पशु चिकित्सक, ७ जना पशु विकास अधिकृत र ११ जना मत्स्य विकास अधिकृतको माग गरिएको छ।

स्थानीय तहबाहेक प्रदेशको भूमि व्यवस्था मन्त्रालय र मातहतका कार्यालयका लागि ६८ जना कर्मचारीको माग गरिएको छ। जसमा १० जना बाली विकास अधिकृत, ७ जना कृषि अर्थविज्ञ, ६ जना पशु विकास अधिकृत र ६ जना पशुचिकित्सक रहेका छन्।

त्यस्तै ५ जना बालीविकास अधिकृत, २ जना बागवानी विकास अधिकृत, दुई जना खाद्य अनुसन्धान अधिकृत, एक जना माटो विज्ञ र एक जना मत्स्य विकास अधिकृत, एक जना कम्प्युटर अधिकृत रहेका छन्। बाँकी प्राविधिक साहयक रहेका छन् ।
अधिकृत तहको लागि एक हजार र सहायक स्तरको आवेदनको लागि ५ सय रुपैयाँ दस्तुर तोकिएको छ। सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन दिन भनिएको छ।

प्रकाशित मिति : शनिबार, भाद्र २७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij