यस वर्ष बाढी र पहिरोको चपेटमा परेको सिन्धुपाल्चोकमा गएको भीषण पहिरोमा परेर २८ जना बेपत्ता भएका छन् । तीनजनाको मृत्यु भएको छ ।
पहिरोले बाह्बिसे नगरपालिका ७ घुम्थाङको १८ घर बगाएको छ । भीरखर्कका १० र नाग पुच्छेका आठ घर र किम्बे गाउँ पहिरोले बगाएको इलाका प्रहरी कार्यालय बाह्बिसेका प्रहरी निरिक्षक नवराज न्यौपानेले जानकारी दिए । अरु थप बिवरण आउन बाँकी छ । ठाडो खहरे खोलाको बाढीसँगै पहिरो गएको स्थानीय श्याम गोलेले बताए ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले घटनास्थलमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली पठाइएको भए पनि क्षतिको विवरण प्राप्त हुन नसकेको जनाए । बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाका अनुसार पहिरोले १८ घर बगाउँदा ठूलो क्षति भएको जानकारी दिए ।
आइतबार बिहान २ बजेतिर परेको भीषण वर्षासँगै ठाडो खोलामा आएको बाढीले बस्तीमा क्षति पुर्याएको हो । पहिरो गएको स्थानबाट मृत्यु भएको अवस्थामा तीन जनाको शव भेटिएको छ । ६५ वर्षीया भक्तिमाया श्रेष्ठ, २३ वर्षीया जुनुमाया विक र ६० वर्षीया सर्किनी नेवारको पहिरोमा परेर मृत्यु भएको प्रजिअ ढकालले जानकारी दिए ।
सभामुख अग्नि सापकोटासहितको टोली पनि बिहानै स्थलमार्गबाट पहिरो प्रभावित क्षेत्रतर्फ लागेको छ ।
सिन्धुपाल्चोकमा गत साउन ३० गतेयता पटक पटक बाढी र पहिरो आउँदा ठूलो मानवीय क्षति भएको छ । गत साउन ३० गते विहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा पुरिएर ३७ जनाको मृत्यु भएको थियो । दुईजना अझै बेपत्ता छन्
प्रकाशित मिति : आइतबार, भाद्र २८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्