सिन्धुपाल्चोक केन्द्र भएर गयो भूकम्प

सिन्धुपाल्चोक केन्द्र भएर गयो भूकम्प

सिन्धुपाल्चोक-बाढी र पहिरोले यसवर्ष ठूलो विनाश निम्त्याइरहेको सिन्धुपाल्चोक केन्द्रविन्दु भएर बुधबार बिहान ६ म्याग्निच्यूडको भूकम्प गएको छ ।

सिन्धुपाल्चोकको पनि राम्चे केन्द्रविन्दु भएर भूकम्प जाँदा मुलुकका विभिन्न ठाउँमा धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राम्चे आसपास केन्द्र भएर बिहान ५ बजेर १९ मिनेटमा ६ म्याग्निच्यूडको भूकम्प गएको पुष्टि गरे । भूकम्प गएपछि काठमाडौं र आसपासका क्षेत्रका हल्लीखल्ली मच्चिएको थियो ।

धक्का महसुस गरिएका स्थानका सर्वसाधारण डराएर होहल्ला गर्दै घरबाहिर निस्किएका थिए । बाढी र पहिरोका त्रास एवं विनाश कायमै रहेका बेला भूकम्प गएपछि सिन्धुपाल्चोकमा झन् ठूलो तनाव थपिएको छ ।

एकाबिहानै उपत्यकासहित देशका विभिन्न भागलाई भूकम्पले हल्लाएपछि आम सर्वसाधारण डराएर र आत्तिएर घर बाहिर निस्कँदै होहल्ला गर्न थालेका थिए । गोरखा केन्द्र भएर २०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्प गएको थियो। केन्द्रका प्रमुख अधिकारीका अनुसार बुधबार बिहानै गएको भूकम्पसमेत त्यही शक्तिशाली भूकम्पको पराकम्प भएको अनुमान गरिएको छ ।

२०७२ को भूकम्पले गोरखा र सिन्धुपाल्चोकमा सबैभन्दा बढी क्षति गरेको थियो। भूकम्पका कारण जमिन फाटेको सिन्धुपाल्चोकमा यो वर्ष मनसुन सुरु भएदेखि नै बाढीर पहिरोले ठूलो क्षति गरिरहेको छ । पहिरोका कारण कतिपय गाउँनै विस्थापित भएका छन्। धेरैले ज्यान गुमाएका छन् भने कैयौं विस्थापित बनेका छन् ।

प्रकाशित मिति : बुधबार, भाद्र ३१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij