नवलपरासी ।
पश्चिम नवलपरासीमा कोरोना संक्रमित एक पुरुषको आज मृत्यु भएको छ । पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ४ का बस्ने ५५ वर्षीय पुरुषको उपचारका क्रममा भिम अस्पताल भैरहवामा मृत्यु भएको स्वास्थ्य कार्यलयका प्रमुख गौरव ढकालले जानकारी दिनुभयो ।
गत भदौ २४ गते गरिएको स्वास प्रशिक्षणका क्रममा उनमा २५ गते कोरोना पोजिटिभ देखिएको थियो । उहाँले मिर्गौलाको उपचार गरिरहनु भएको थियो । संक्रमित भएकै अवस्थामा उनको २७ गते मिर्गौलाको डाइलेसिस गरिएको थियो ।
उहाँमा लक्षण सहितको संक्रमण देखिएपछि भैरहवा लगिएको हो । ४ बजे पनि उहाको डाइलेसिस गरिने तयारी भएपनि विहान साढे १० बजे मृत्यु भएको ढकालले बताउनुभयो । योसँगै पाल्हीनन्दन गाउँपालिकामा मात्रै दुई जनाको ज्यान गएको छ । पश्चिम नवलपरासीमा कोरोना संक्रमित भएर ज्यान गुमाउनेको संङ्ख्या ५ पुगेको छ
प्रकाशित मिति : बुधबार, भाद्र ३१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्