कञ्चनको वडा नं ४ द्धारा बिदेशवाट आएका युवाहरुलाई मौसमी तरकारीको बिउ बितरण

कञ्चनको वडा नं ४ द्धारा बिदेशवाट आएका युवाहरुलाई मौसमी तरकारीको बिउ बितरण

कञ्चन

कञ्चन गाउपालिका वार्ड नं४ ले छिमेकी देश भारत लगायत तेश्रो मुलुकबाट आएका वडा नं ४ का युवाहरुलाई कृषिमा आकर्षित गर्न र तरकारीमा आत्म निर्भर बनाउने उद्धेश्यका साथ करिव २ सय ५० जनालाई मौसमी तरकारीको बिउ बितरण रेको छ। बिशेष गरेर बिश्वभर महामारीको रुपमा फैलिरहेको नोवल कोरोना भाइरसबाट प्रभाबित भई बैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई ब्यबसायिक रुपमा तरकारी खेती तथा कृर्षिमा आकर्षित गर्न आ.व.२०७६०७७ को बिनियोजित बजेटबाट करिब एक लाख बराबरको मौसमी तरकारीको बिउ बितरण गरिएको वडा सदस्य केशर बहादुर खत्रीले बताउनु भएको छ।
मौसमी तरकारीको बिउ बितरण कार्यक्रममा सहभागि युवाहरुलाई सम्बोधन गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले कोभिड १९का कारण बिश्वको अर्थतन्त्रलाई कमजोर बनाइरहेको बेला कञ्चनका युवाहरु आधुनिक कृर्षि प्रणाली तर्फ अग्रसर भई लाग्नु पर्ने र ब्यबसायिक रुपमा कृर्षि गर्न चाहने हरेक युवा तथा कृषकहरुलाई गाउपालिकाले आवस्यक प्राबिधिक सामाग्रीहरुको सहयोग उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ।

IMG_9292.JPGअध्यक्ष क्षेत्रीले कञ्चनको समृद्धि आधुनिक कृर्षि प्रणालीमा युवाहरुको आकर्षणले मात्र सम्भव भएकोले ब्यबसायिक कृर्षिका लागि युवाहरुलाई तालिमको ब्यबस्था गाउपालिकाले गर्ने भएकोले गाउपालिकामा आफुले चाहेको कृर्षि पेशा पशुपालन,कुखुरा पालन,तरकारी खेती तालिम,च्याउ उत्पादन,मौरी पालन जस्ता तालिमको निवेदन लिएर आए गाउपालिकाले बिषयत आवस्यक प्राबिधिकहरुलाई श्रोत ब्यक्तिको रुपमा उपलब्ध गराई निशुल्क तालिम संचालन गरिदिने बताउनु भएको छ।
यस्तै वडा नं। ४ का वडा अध्यक्ष दर्गा सिंह क्षेत्रीले लकडाउनको समयमा घरमै बसेर परिवारहरुसंग खेतीवारीमा बिभिन्न तरकारीका बिउहरु उमारेर तरकारी खेती गर्न लगाउन र त्यही तरकारीमा वडावासी आत्म निर्भर बन्नमा अभिप्रेरित गर्न वडाले वडाकै खर्चमा मौसमी तरकारीको बिउ बितरण गरिएको बताउनु भएको छ। लकडाउनको समयमा केही गर्न पाइएन भनेर निरासा ब्यक्त गर्ने युवाहरुको लागि प्रोत्साहन स्वरुप कृर्षिमा हामीले नै केही र्नु पर्छ है भन्ने सकारात्मक सोंचको बिकास गर्न पनि छिमेकी देश भारत लगायत तेश्रो मुलुकबाट आएका वडा नं ४ का युवाहरुलाई लक्षित गरी मौसमी तरकारीको बिउ उपलब्ध गराइएको र यदि तरकारीको बिउ के कसरी उमार्ने भन्ने कुनै तरिका नजानेको भए गाउपालिकामा उपलब्ध कृर्षि प्राबिधिकहरुसंग सल्लाह लिई कार्य गर्न समेत वडा अध्यक्ष क्षेत्रीले आग्रह गर्नु भएको छ ।

IMG_9297.JPGकार्यपालिका सदस्य गिता थापाले गाउपालिकाले युवा लक्षित बिभिन्न ब्यबसायिक तालिमहरुको ब्यबस्था गर्दै आएकोले उधमप्र चिासो राख्ने कञ्चनका युवाहरु आफै ब्यबसाय संचालन गरेर स्वरोजगार बन्न सक्ने र त्यही स्वरोजारवाटै आफ्नो घरपरिवालाई समेत आत्म निर्भर बनाउन सकिने बताउनु भएको छ। मौसमी तरकारीको बिउ उपलध गराउनुको आधार पनि युवाहरुलाई कृर्षि उधममा आकर्षित गर्नको लागि भएको बताउनु भएको छ।

प्रकाशित मिति : बिहिबार, असोज १ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij