बुटवल।
विश्वरभर सेप्टेम्बर १७ का दिन साँझ ७ बजे विश्व सम्पदामा परेको स्थल आरेन्ज कलर ले रंगाएर विरामीहरुको स्वास्थ्य लाभको कामना गरिएको छ ।
विश्व स्वास्थ्य संगठन को अनुरोधमा विश्वभर एकै पटक एकै समयमा मनाउने कार्यक्रम अनुसार नेपालमा पहिलो पटक भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा कार्यक्रम गरिएको हो । लायन्स क्लव अफ मणिग्राम र एक्सपर्ट फाउन्डेसनको आयोजनामा विरामीहरुको स्वास्थ्य लाभको कामना सहित ‘विश्व स्वास्थ्य सुरक्षा दिवस’ को अवसरमा कार्यक्रम गरिएको हो । कार्यक्रम अनुसार विश्व सम्पदमा सुचिकृत नेपालमा गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई ओरेन्ज कलरको लाईटिङ्गले रंगाईएको थियो ।
सन्सार भर कोभिड १९ बाट सक्रमित बिरामीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै नेपालमा पहिलो पटक आयोनजना गरिएको लायन्स मणिग्राम का अध्यक्ष सुरज कुमार लम्सालले जानकारी दिए । कार्यक्रम अनुसार बुद्ध जन्मस्थल स्थल लुम्बिनीको माया देबी मन्दिर पेरिसरमा दिप प्रज्वलन समेत गरिएको थियो । विश्व स्वास्थ्य संगठनको पुर्णरुपमा मापदण्डमा रहेर गरिएको कार्यक्रममा प्रदेश सभा सदस्य(सांसद) सन्तोस पाण्डे, बिशिस्ट अतिथी लुम्बिनी सस्कृतिक नगरपालिका मेयर मनमोहन चौधरी, रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बाहादुर खड्का, बिजयराज पौड्याल ,अतिथी पर्यटन डिभिजन कार्यालय रुपन्देही प्रमुख मुक्ती पान्डेय, लुम्बिनी बिकास कोस सदस्य सचिब ज्ञानेन्द्र राइ, प्रशासकिय अधिकृत जनक थापा, माया देबी मन्दिर गुरु भिक्षु बिबेकानन्द महाराज ,प्याटेन्ट सेफ्टी नेपालमा अध्यक्ष बिजय भण्डारी, एक्सपर्ट फाउन्डेशन चेयरमेन रोशन कण्डेल लगायतको सहभागीता रहेको थियो । लायन्स क्लब अफ मणिग्राम यो २०२०÷२१ को सामाजीक कार्य १७ पटक रहेको सुरज लम्सालले बताए ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यलय रुपन्देही , उद्योग वन तथा पर्यटन मन्त्रालय प्रदेश ५, , पर्यटन डिभिजन कार्यलय रुपन्देही, लुम्बिनी सास्कृतिक नगरपालिका, लुम्बिनी बिकास कोस, प्याटेन्ट सेफ्टी नेपाल, लुम्बिनी प्रदेशिक हस्पिटल लगायतले सहयोगी भुमिका निर्वाह गरेका थिए ।
प्रकाशित मिति : शनिबार, असोज ३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्