माेरङमा पौडी खेल्न गएका दुई छोरी पोखरीमा डुबे, उद्दार गर्न गएकी आमाकाे पनि मृत्यु

माेरङमा पौडी खेल्न गएका दुई छोरी पोखरीमा डुबे, उद्दार गर्न गएकी आमाकाे पनि मृत्यु

मोरङ-मोरङको ग्रामथान गाउँपालिका – ४ मा पोखरीमा डुबेर एकै परिवारका तीनजनाको मृत्यु भएको छ । ग्रामथान – ४ बनसखण्डीका बस्दै आएकी ३५ वर्षीय सीता अधिकारी, उनकी १३ वर्षीय छोरी पवित्रा र ९ वर्षीय छोरी कृतिकाको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक ऋषिराज ढकालका अनुसार आइतबार दिउँसो माछा पाल्ने पोखरीमा सीताका दुई छोरी पसेका थिए ।

पोखरीमा दुई छोरी डुबेपछि सीता उद्दार गर्न गएकी थिइन् । दुई छोरी पोखरीमा डुबेपछि उद्दारका लागि आमा पसेकी थिइन् । आमाको शव कपडा लगाएकै अवस्थामा फेला परेको थियो । घटनाको प्रकृति हेर्दा दुई छोरी पौडी खेल्न पसेको र आमा उद्दार गर्न पोखरीमा पसेको देखिएको प्रहरी निरिक्षक ढकालले बताए ।

प्रहरीका अनुसार सीताका श्रीमान नौं वर्षयता सम्पर्क बिहीन छन् । कान्छी छोरी दुई महिनाकी हुँदा श्रीमान बेपत्ता भएपछि सीता दुई छोरीसहित माइतमा बस्दै आएकी थिइन् ।

माइतमा घर नजिकै खेतमा माछा पाल्नका लागि पोखरी बनाइएको थियो । दिउँसो पोखरीमा डुबेपनि प्रहरीलाई खबर भने साँझ करिब ६ बजे मात्र पुगेको थियो । आफन्तले पनि बेलुका मात्र पोखरीमा डुबेको थाहा पाएका थिए ।

प्रहरीले राति ८ बजे शव पोखरीबाट निकालेर पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगरमा पठाएको छ । ‘शवको प्रकृति हेर्दा पोखरीमा डुबेर मृत्यु भएको देखिन्छ ।’ प्रहरी निरिक्षक ढकालले भने ‘कान्छी छोरीले कपडा लगाएको छैन्, १३ वर्षीय छोरीले भित्री बस्त्र लगाएको अवस्थामा र आमाको शव कपडा लगाएको अवस्थामा भेटिएको थियो ।’ एकै परिवारका तीनजनाको मृत्यु भएपछि अनुसन्धान सुरु गरिएको उनले बताए ।

प्रकाशित मिति : सोमबार, असोज ५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij