जागरण मिडिया सेन्टर अधिवेशन सम्पन्न, अध्यक्षमा कमला विश्वकर्मा निर्वाचित

जागरण मिडिया सेन्टर अधिवेशन सम्पन्न, अध्यक्षमा कमला विश्वकर्मा निर्वाचित

बुटवल-दलित तथा सिमान्तकृत समुदायका मुद्धा स्थापित गर्नका लागि बैकल्पिक मिडियाको आवश्यकता रहेको एक कार्यक्रममा सहभागीहरुले बताएका छन् । जागरण मिडिया सेन्टरको मंगलबार बुटवलमा भौतीक दुरी तथा भर्चुअल माध्यम मार्फत गरिएको २१ औं साधरणसभा तथा ७ औं अधिवेशनको उद्घाटनसत्रमा सहभागीहरुले यस्तो कुरा बताएका हुन । उनीहरुले नेपाली सञ्चारमाध्यममा अहिले पनि पिँधमा पारिएका समुदायको आवाज मुखरित हुन नसकेको बताए ।
उद्घाटन सत्रमा राससका पूर्व अध्यक्ष तथा दैनिकपत्र दैनिकका बालकृष्ण चापागाईले बुद्धकालमा समेत जातीय विभेद भएको बताउँदै समाज रुपान्तरणका लागि सञ्चारमाध्यमको भूमिका अह्म हुने बताउनु भयो । जागरण मिडिया सेन्टरले दुई दशक पूरा गरेकाले अब मिडियासँगै दलित आन्दोलनको संग्रालय निर्माणमा जुट्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा संविधानसभा सदस्य तथा राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडीले निमुखाहरुको आवाज उठाउने गरि नेपाली सञ्चार माध्यमले काम गर्न नसकेको जिकिर गर्नुभयो । उहांले अब मन्त्री, पूर्वमन्त्री तथा नेताहरुको भन्दा सडकमा रहेका जनताहरुको मुद्धा उठाउने वैकल्पिक धारको पत्रकारिता आवश्यकता रहेको बताउनुभयो ।
उक्त अवसरमा संविधानसभा सदस्य दुलारी हरिजनले सञ्चारमाध्यमसँगै दलित आन्दोलनले तराई दलितको मुद्धालाई प्राथमिकतामा नराखेको गुनासो गर्नुभयो ।
कार्यक्रममा बोल्दै अध्यक्ष रेम विश्वकर्माले जागरण मिडिया सेन्टर सामाजिक न्याय र समानताका पक्षमा सञ्चार वकालत गर्ने गरि काम गर्न सफल भएको बताउनु भयो । कार्यक्रममा लेखक तथा अनुसन्धानकर्ता जेवि विश्वकर्माले दलितका बिषयहरु अझै पनि उठ्न नसकेकाले सञ्चारमाध्यमले त्यसतर्फ ध्यान दिनुपर्ने कुरामा जोड दिनु भयो । कार्यक्रममा अधिवक्ता पदम बहादुर कार्की, संयुक्त दलित संघर्ष समितिका संयोजक हरिओम विश्वकर्मा, जागरण मिडिया सेन्टरका बरिष्ठ उपाध्यक्ष कमला विश्वकर्मा, पूर्व उपाध्यक्ष पूर्ण बराईली, पूर्व महासचिव दिलिप नेपाली, पूर्व उपाध्यक्ष दीपक परियार लगायतले बोल्दै नेपाली पत्रकारितामा जागरण मिडियाले ऐतिहासिक काम गरेको चर्चा गर्नुभयो । साधरणसभामा सचिव विनोद परियारले सांगठिनक तथा कोषाध्यक्ष विरु नेपालीको आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
त्यस्तै ७ औं अधिवेशनबाट कमला विश्वकर्माको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । सेन्टरको बरिष्ठ उपाध्यक्षमा मिलन परियार, उपाध्यक्षमा सोना खटिक, महासचिव भिम घिमिरे, सचिव कृष्ण दर्नाल र कोषाध्यक्षमा सुशिल दर्नाल निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत पदम बहादुर कार्कीले जानकारी दिनुभयो । यसैगरि अधिवेशनबाट सदस्यहरुमा दिनेश परियार, सदस्य पूर्ण विक, रमेश बादी गन्धर्व, रिङ्कु दास र जगलाल नेपाली निर्वाचित हुनुभएको छ । नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितीलाई संविधानसभा सदस्य विनोद पहाडी, निवर्तमान अध्यक्ष रेम विश्वकर्मा, सल्लाहाकार जेवि विश्वकर्मा, प्रमुख निर्वाचन आयूक्त पदम बहादुर कार्कीले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शूभकामना दिनुभएको थियो । जागरण मिडिया सेन्टर २०५७ साल चैत ८ गते स्थापना भएको थियो ।

 

प्रकाशित मिति : बुधबार, असोज ७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij