पाल्पा पहिरोमा बेपत्ता पाँच जनामध्ये २ महिलाको शव भेटियो

पाल्पा पहिरोमा बेपत्ता पाँच जनामध्ये २ महिलाको शव भेटियो

पाल्पा – पाल्पामा पहिरोले घर बगाउदा बेपत्ता भएका  ५ जना मध्ये शुक्रबार दिउँसो २ महिलाको शब फेला परेको छ ।

रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा बिहिबार बिहान पहिरोले घर पुरिदा ५ जना बेपत्ता भएका थिए । पहिरोमा परि ६३  वर्षीया हुम बहादुर गाहा, उनका श्रीमती ४७ वर्षीया धनी सरा, छोरी १६  वर्षीया कृष्णामाया गाहा, १४  वर्षीया नातिनी खुमिसरा आले र ७ वर्षीया नातिनी लक्ष्मी गाहा बेपत्ता भएका थिए ।

बेपत्तामध्ये आज दिउँसो  दुई महिलाको शब भेटिएको सशस्त्र प्रहरी बल पाल्पाका प्रमुख अरुण सिंहले जानकारी दिए  ।

बिहीबार निरन्तर झरी र पहिरो जाने क्रम नरोकिएपछि आज विहानबाट मात्रै बेपत्ताहरुको खोजी कार्य शुरु भएको हो । सुरक्षा निकाय, स्थानीयको सहयोगमा अहिले पनि बेपत्ताहरुको खोजी भैरहेको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए । बिहीबार नै पहिरोले घर पुरिदा सोही वडाकी २७ वर्षीया मोतीसरा गाहाको ज्यान गएको थियो  ।

प्रकाशित मिति : शुक्रबार, असोज ९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij