प्रहरी निरीक्षक पौडेल लाई प्रेस क्लब ऑफ कृष्णनगर द्वारा सम्मान सहित बिदाई

प्रहरी निरीक्षक पौडेल लाई प्रेस क्लब ऑफ कृष्णनगर द्वारा सम्मान सहित बिदाई

कृष्णनगर
कपिलवस्तु जिल्लामा रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेल लाई प्रेस क्लब ऑफ कृष्णनगरले सम्मान सहित बिदाई गरेको छ l करीब १६ महीना देखि इलाका प्रहरी कार्यालय कृष्णनगरमा प्रमुखको पदमा कार्यरत रही क्षेत्रमा शान्ति सुरक्षासंगै कोरोना भाइरस (कॉभिड -19) महामारीको नियंत्रणमा देखाउनु भएको सक्रियता सराहनीय रहेको प्रेस क्लब ऑफ कृष्णनगरका अध्यक्ष अंकुश कुमार श्रीवास्तव ले बताउनु भयों साथै यस कपिलवस्तु जिल्लाको कृष्णनगर बसाई पश्चात ‘मुस्ताँग ‘ जिल्ला लाई आफ्नो कर्मथालो बनाउनु भएको प्रहरी निरीक्षक पौडेल लाई आफ्नो व्यक्तिगत तथा प्रेस क्लब ऑफ कृष्णनगरको तर्फ़बाट शुभकामना दिदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको छ l बिदाई कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक पौडेलले आफू यस कृष्णनगर क्षेत्रमा करीब १६ महीना देखि यहाँका जनताहरूको सेवा गर्न पाएकोमा खुशी व्यक्त गर्दै , र आफूलाई सम्मान सहित बिदाई गरेकोमा यस प्रेस क्लब ऑफ कृष्णनगर लाई विशेष धन्यबाद गरेका हुन l ईलाका प्रहरी कार्यालय कृष्णनगर कार्यालय प्रमुखको रूपमा कार्यरत रहदा यही असोज ७ गते ३७ के. जी. लागु औषध चरेस सहित २ जना लाइ पक्राउ गर्न सफल र आफ्नो मताहत क्षेत्रमा शान्ति, सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रण, अवैध चोरी तस्करी नियन्त्रण र विश्वमा महामारी रुपमा फैलिएको (COVID-19) रोकथाम तथा नियन्त्रण जस्ता प्रहरी काम कार्वाही निष्पक्ष, व्यवसायिक, ईमानदारी, अनुसासित र जिम्मेवारी पूर्ण रूपले उच्च मनोबलका साथ कार्य सम्पादन गरेको ठहर गर्दै उच्च मूल्यांकन साथ जिल्ला प्रशासन कार्यालय कपिलवस्तु र जिल्ला प्रहरी कार्यालय कपिलवस्तु ले प्रशंसा पत्र सहित नगद पुरस्कार समेत प्रदान गरेको छ l उक्त बिदाई कार्यक्रममा प्रेस क्लब ऑफ कृष्णनगरका प्रतिमा विश्वकर्मा, प्रिंस मिश्र, रमा शंकर तिवारी, कमलेश चन्द्र गुप्ता, अजय मिश्र लगायतको उपस्थित रहेको थियो l

प्रकाशित मिति : शनिबार, असोज १० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij