पुर्वमन्त्री शुक्लाद्वारा बाढीपिडित घरपरिवालाई घर निर्माण सामाग्री प्रदान

पुर्वमन्त्री शुक्लाद्वारा बाढीपिडित घरपरिवालाई घर निर्माण सामाग्री प्रदान

कञ्चन
जनता समाजवादी पार्टीका बरिष्ठ नेता एवं पुर्व मन्त्री सवेन्द्रनाथ शुक्लाले गत हप्ता आएको भारी बर्षाका कारण समस्यामा परेका करिव बाढी पिडित घरपरिवारहरुलाई बाढी पिडित घरपरिवारहरुकै घरमै पुगेर राहात प्रदान गर्नु भएको छ।
राहत बितरण पछिको अनौपचारिक कार्यक्रममा सहभागी पिडित परिवारहरुलाई सम्बोधन गर्दै पुर्वमन्त्री तथा नेता शुक्लाले आफ्नो चाहना जनताको सुख दुखमा साथ दिनु र जनताकै सेवा गर्नु भएकोले आफ्नो क्षेत्रको जनतालाई बिपत पर्दा सहानुभुती र राहत प्रदान गर्नु मेरो धर्म र कर्तब्य भएको बताउनु भएको छ। हिजो मन्त्री हुदां होस या नहुदा पनि सदैव जनताकै सेवामा कृयाशिल रहदै आए र आज पनि जनताककै सेवाको लागि जनताकै घरमा पुगेर धैर्यताको काँध थाप्न आएको नेता शुक्लाले बताउनु भएको छ।120128511_3146545338807256_4210059899012604759_n.jpg

बिश्वभर महामारीको रुपमा फैलिरहेको नोवल कोरोना भाइरसको पिडा माथी प्राकृतिक बिपत्तीले पनि आम जनतालाई नै पिडा दिदां सरकारको नेतृत्व गर्दै आएको पार्टी र नेता जनताको घरमा जनताको दुख पिडा बुझ्न समेत नआउनु लज्जावोध भइरहेको र दुई तिहाइको दम्भले जनतालाई बिर्सिएको नेता शुक्लाले बताउनु भएको छ।
स्थानिय पिडित परिवारहरुले दुखको बेला सहानुभुतीको राहात प्रदान गर्नु हुने नेता शुक्लालाई धन्यवाद दिएका थिए भने नेता शुक्लाले आफ्नै निजी खर्चमा लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं। २ र १२ का २९ जना समरीमाई गाउपालिका वडा नं। ३,५ र ७ का ३१ जना गरी बाढीपिडित ६० घरपरिवारलाई जस्तापाता र घर निर्माण सामग्री राहात स्वरुप उपलब्ध गराउनु भएको जनता समाजवादी पार्टीका मोहम्मद इस्लामले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति : बुधबार, असोज १४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij