रूपन्देहीको सियारीमा मेलमिलाप सम्बन्धी प्रशिक्षण

रूपन्देहीको सियारीमा मेलमिलाप सम्बन्धी प्रशिक्षण

रूपन्देही-रूपन्देहीको सियारी गाउँपालिकामा मेलमिलाप सम्बन्धी आधारभूत प्रशिक्षण सुरू गरिएकाे छ । मेलमिलापका माध्यमबाट न्यायिक प्रक्रियालाई सहज र प्रभावकारी बनाउन गाउँपालिकाकाे आयाेजनामा प्रशिक्षण तालिम सुरू गरिएकाे हाे ।
समाजमा शान्ति सुराक्षा, सुब्यबस्था, अमन चयन, भाईचारा कायम गर्न मेलमिलाप सम्बन्धि तालिमले महत्त्वपूर्ण भुमिका खेल्ने प्रदेश ५ का संसद तुल्सी प्रसाद चाैधरीले कार्यक्रम उद्घाटन गर्दै बताउनु भयाे । समाजमा हुने विवादलाई मेलमिलापका माध्यमबाट मिलाउन सके अदालत धाउनुपर्ने समस्याकाे समाधान हुने र खर्च कम हुने उहाँकाे भनाई छ ।
गाउँपालिकामा अहिले विवाद समाधानका लागि पक्ष विपक्षलाई राखेर जितजितको सिद्धान्तमा मेलमिलाप भैरहेकाे गाउँपालिका अध्यक्ष अयाेध्या थारूले बताउनु भयाे ।
संविधानमा व्यवस्था भए अनुसार स्थानीय तहहरु नगरपालिका तथा गाउँपालिकामा उपाध्यक्षलाई न्याय सम्पादनको अधिकार भए अनुसार न्यायीक समिति मार्फत काम भैरहेको सियारी गाउँपालिका उपाध्यक्ष अमृता गुरूङले बताउनु भयाे । गाउँपालिकामा कार्यविधि निर्माण पश्चात गाउँपालिका तथा वडा कार्यलयहरुमा मेलमिलाको कार्य भैरहेकाे उहाँले जानकारी दिनुभयाे ।उहाँले भन्नू भयाे – “मुद्धाहरुलाई न्यायिक समिति मार्फत गाउँपालिकामा पक्ष विपक्षहरुलाई मेलमिलाप गराउनु सहजकर्ताहरुकाे महत्वपूर्ण भुमिका हुन्छ ।”
तालिममा विवाद, मेलमिलापको पद्धती, मेलमिलाप सम्वन्धी प्रचलित कानुनी व्यवस्था, मेलमिलापको सिप, मेलमिलापकाे प्रक्रिया, विवाद छनौट, मेलमिलापकर्ताका गूणहरु र मेलमिलापका आचारसहिंता, सहमतीय निकास लगायतका विवीध तथा पाटो लगाएतका विषयमा सहजीकरण गरिने प्रशिक्षक सुर्य अधिकारीले बताउनु भयाे । तालिम कानुन अन्वेषण तथा स्राेत विकास केन्द्र (सेलर्ड) काे प्राविधिक सहयाेग, निवार्णा लिगल एडभाइजर्स फाेरमकाे समन्वय र सियारी गाउँपालिकाकाे आयाेजनामा सुरू भएकाे छ । तालिम असाेज २१ गते सम्म संचालन हुने छ । तालिममा ४० जनाकाे सहभागिता रहेकाे छ ।

प्रकाशित मिति : बिहिबार, असोज १५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij