प्रहरीले दुव्र्यवहार गरेको भन्दै सैनामैनाका युवाहरुद्धारा इप्रका रन्यौरा अगाडी विरोध प्रर्दशन

प्रहरीले दुव्र्यवहार गरेको भन्दै सैनामैनाका युवाहरुद्धारा इप्रका रन्यौरा अगाडी विरोध प्रर्दशन

बुटवल
प्रहरीले दुव्र्यवहार गरेको भन्दै युवाहरुको एक समूहले आज इलाका प्रहारी कार्यालय रन्यौरा अगाडी विरोध प्रर्दशन गरेका छन् ।

इलाका प्रहारी कार्यालय रन्यौरा मुर्गियाका प्रहरी निरिक्षक चक्र बहादुर डम्बर पाल नेतृत्वको टोलीले टोलीले विना करण सैनामैनाका युवा व्यवसायीलाई नियान्त्रणमा लिई दुःख दिएको विरोधमा स्वतन्त्र युवा समूह सैनामैनाको व्यानरमा प्रहरी कार्यालय अगाडी शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गरेका हुन् ।

शनिबार दिउँसो सुद्धोधन गाउँपालिका सिसैँमा आफ्नो काम गरिरहेको अवस्थामा इलाका प्रहारी कार्यालय रन्यौरा मुर्गियाका प्रहरी निरिक्षक चक्र बहादुर डम्बर पालको नेतृत्वको टोलीले सैनामैना निवासी युवा व्यवसायी प्रविण भारी, कशिश श्रेष्ठ, शिशिर अर्याल र सुरेश पुनलाई नियान्त्रणमा लिई दुव्र्यवहार गरेको युवाहरुको आरोप छ ।

विना कारण प्रहरीले असभ्य भाषाको प्रयोग गरि युवाहरुलाईे दुव्र्यवहारपूर्ण तारिकाले नियान्त्रणमा लिई नागरिकको नैर्सगिक अधिकार माथि ज्यादती गरेको बिरोधमा युवाहरुद्धारा शान्तिपूर्ण विरोध प्रर्दशन गरिएको स्वतन्त्रता युवा समूह सैनामैनाले जनाएको छ ।

घटनाबारे इलाका प्रहारी कार्यालय रन्यौरा मुर्गियाका प्रहरी निरिक्षक चक्र बहादुर डम्बरपालले डिउटीको क्रममा शंका लागेर सोधपुछका लागि कार्यालयमा ल्याई केही समयपछि छाडिएको बताए ।

शंकाको अधारमा सोधपुछका लागि प्रहरी कार्यालयमा ल्याएको बिषयलाई नकारात्मक रुपमा नलिन प्रहरी निरिक्षक डम्बरपालले आग्रह गरे ।

प्रकाशित मिति : आइतबार, असोज २५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij