बलात्कार र आत्महत्या विरुद्ध आत्मरक्षा तथा मनोपरामर्श विषयक कार्यक्रम सम्पन्न

बलात्कार र आत्महत्या विरुद्ध आत्मरक्षा तथा मनोपरामर्श विषयक कार्यक्रम सम्पन्न

कञ्चन -कञ्चन जेसिज बर्ष २०२० को आयोजनामा बलात्कार र आत्महत्या विरूद्व आत्मरक्षा तथा मनोपरामर्श विषयक कार्यक्रम शुक्रबार कञ्चन १ लौसामा सम्पन्न भएको । कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको प्रशिक्षण ऋषी न्यौपानेले गर्नु भएको थियो ।
समाजमा महिला तथा बालिका बलत्कार र हत्या बढदै गइरहेको सन्दर्भमा कञ्चन जेसिजले बलत्कार र आत्महत्या बिरुद्ध आत्म रक्षा मनोपरामर्श कार्यक्रमको आयोजना गरिएको कञ्चन जेसिज बर्ष २०२० का अध्यक्ष बाबुराम पौडेलले जानकारी दिनु भएको छ। आत्महत्या समाधानको बाटो नभई आत्महत्या गर्नमा दुरुत्साहन गर्नेहरुसंगको लडाइमा पराजय भएकोले आत्महत्यालाई निरुत्साहित गर्न आफुभित्रको आत्मरक्षाबल निकालेर हरेक मानसिक तनावसंग जुध्न आवस्यक रहेको अध्यक्ष पौडेलले बताउनु भएको छ।
कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले महिला तथा यौन हिंसको अन्तिम रुप नै बलत्कार र उसको हत्या भएको हुदा बलत्कार र आत्महत्याका बिरुद्ध आफुलाई बलियो र आत्म सुरक्षित बनाउनु हरेक अपराधहरुलाई पराजित गराउन सक्ने क्षमता प्रस्फुटन गर्नु पर्ने बताउनु भएको छ । कार्यक्रममा सहभागी किशोर किशोरीहरुलाई सम्बोधन गर्दै सामाजिक संजालहरुको दुरुपयोग र नबिन्तम प्रबृधिलाई सही ढंगले उपयोग नगर्दा समाजमा यौन हिंसा र बलत्कार जस्ता जघन्य अपराधले प्रशय पाउने भएकोले नबिन्तम प्रबृधि र सामाजिक संजालहरुलाई समाजमा हुने अनेक हिंसा,अपराध लगायतका बिरुद्ध आत्मरक्षाका आत्मबल संचित गर्ने साधनको रुपमा उपयोग गर्नु पर्ने अध्यक्ष क्षेत्रीले सुझाव दिनु भएको छ। ।
कार्यक्रममा कञ्चन जेसिजका संस्थापक अध्यक्ष चुडामणि पौडेलले हरेक किशोर किशोरीहरुले कुनैपनि काम गर्दा परिवार तथा आफ भन्दा ठूला अभिभावकहरुसंग समन्व र सहकार्य गरी हरेक अपराधलाई न्युनिकरण र निरुत्साहित गर्नु पर्ने बताउनु भएको छ। समाजमा महिला तथा यौन हिंसा बढ्नुको मुख्यकारण हाम्रो ब्यक्ति गत ब्यबहारहरुले पनि प्रभावपार्ने भएकोले आफ्नो बानी ब्यबहारहरुलाई समयानुकुल परिबर्तन गर्दै समाजमा देखिने महिाला तथा यौन हिंसाको बिरुद्ध आत्मरक्षाको बिकास गर्न आवस्यक देखिएकोले बलात्कार र आत्महत्या विरूद्व आत्मरक्षा तथा मनोपरामर्श विषयक कार्यक्रमको आयोजना गिरिएको बताउनु भयो ।

प्रकाशित मिति : शनिबार, कार्तिक १ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij