रोटरी क्लव अफ बुटवलको इन्डक्सन कार्यक्रम

रोटरी क्लव अफ बुटवलको इन्डक्सन कार्यक्रम

 

बुटवल, ।

रोटरी क्लव अव बुटवलमा प्रवेश गर्ने नयाँ सदस्यहरुको क्लव इन्डक्सन कार्यक्रम एवं १३३७ औं नियमित बैठक शनिबार सम्पन्न भएको छ ।

क्लव इन्डक्सन कार्यक्रममा रोटरी इन्टरनशनल डिष्ट्रिक ३२९२ का गभर्नर राजीव पोखरेलले प्रमुख अतिथीको रुपमा भर्चुअल्ली सहभागिता जनाएका थिए । त्यस अवसरमा बोल्दै उनले रोटरी विश्वभर सञ्जाल भएको सामाजिक संस्था भएको चर्चा गर्दै रोटरी क्लव अफ बुटवलले पनि सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको बताए ।

रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का एसिष्टेन्ट गभर्नर खिमानन्द भुसालले क्लवमा प्रवेश गरेका नयाँ सदस्यहरुलाई क्लवले लिएको लक्ष्य र उद्देश्य अनुरुप स्वार्थ भन्दा माथि उठेर सेवाभावमा सहकार्य गर्न आग्रह गरे ।

यो वर्ष रोटरी क्लव अफ बुटवलमा ११ जनाले नयाँ सदस्यता प्राप्त गरेका छन् । उनीहरुका बारेमा रोटरी क्लव अफ बुटवलका कोषाध्यक्ष रो. खिमनारायण पराजुली, प्रोग्राम चेअर रो. गोपालप्रसाद बस्याल, मेम्बरसीप स्ट्याण्डिक कमिटी चेअर रो. लेखनाथ भुसाल र प्रोग्राम चेअर रो. कृष्ण पराजुलीले विवरण प्रस्तुत गरेका थिए । नयाँ सदस्यता प्राप्त गर्नेहरुमा प्रविन पाठक, राजीव श्रेष्ठ, भोजबहादुर केसी, नारायण भण्डारी, सुरजकुमार चुँदारा, हेमानन्द शर्मा, गोमा भट्टराई, गोविन्द खनाल, विरेन्द्र राना, लालहरि पाण्डेय र डा. नारायण बेलबासे रहेका छन् ।

उनीहरुलाई असिस्टेन्ट गर्भनर खिमानन्द भुसालले इन्डक्सन गराएका थिए । उनीहरुलाई रोटरीको पिन प्रदान गरिएको थियो ।

रोटरी क्लव अफ बुटवलका अध्यक्ष रो. सुनिल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व अध्यक्ष एवं एजी रो. राजेन्द्र लम्सालले रोटरीको लक्ष्य, उद्देश्य, सामाजिक क्षेत्रमा यसले खेलेको भूमिका, अन्तर्राष्ट्रियस्तरमा यसको सञ्जाल लगायतका बारेमा नयाँ सदस्यहरुलाई जानकारी गराएका थिए ।

कार्यक्रममा अध्यक्ष श्रेष्ठ, प्रेसिडेन्ट इलेक्ट प्रा डा. रो. ताराप्रसाद उपाध्याय, सचिव रो. रोम शर्मा, क्लव मेन्टर रो. कृष्णप्रसाद अर्याल, मेम्क्बरसीप स्ट्याण्डिङ कमिटी चेअर रो. लेखनाथ भुसाल, संस्थापक सदस्य रो. हेमन्त पाण्डे, नयाँ सदस्य रो. गोविन्द खनाल लगायतले रोटरीले स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा गरेको सेवाकार्यको चर्चा गर्दै सबै मानिसले स्वार्थभन्दा माथि उठेर समाजका लागि रचनात्मक काम गर्नुपर्नेमा जोड दिएका थिए । अध्यक्ष सुनिल श्रेष्ठले रोटरी क्लव अफ बुटवलले यसवर्ष लुम्बिनी प्रादेशिक अस्पतालमा क्यान्सर स्क्रिनिङ सेन्टर, आम्दा अस्पतालमा अक्सिजन प्लान्ट, शंकरनगर वनवाटिकामा इ लर्निङ एण्ड साइन्स थिएटर र ब्लड मोवाइल कलेक्सन भ्यान गरी चारवटा प्रोजेक्ट अघि बढाएको जानकारी गराएका थिए ।

प्रकाशित मिति : शनिबार, कार्तिक २२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij