लायन्स डिष्ट्रिक ३२५ बि २ नेपाल एरिया ४को नेतृत्व विकास तालिम

लायन्स डिष्ट्रिक ३२५ बि २ नेपाल एरिया ४को नेतृत्व विकास तालिम

 

बुटवल

लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ अन्र्तरगत एरिया ४ को आयोजना र लायन्स क्लव अफ बुटवल लाली गुँरासको संयोजनमा एक दिने नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।

१ सय ११ औ अन्र्तराष्ट्रिय महिला दिवसको अवसर पारेर बुटवलमा सोमबार आयोजना भएको कार्यक्रममा टा«न्सपरेन्सी इन्टरनेशनलका केन्दीय अध्यक्ष पद्मीनी प्रधाङ्गले भष्ट्रचार र महिलासँग सम्बन्धी जानकारी दिदै महिलाहरुको वर्तमान समयमा मात्र नभएर हिजोका दिनमा पनि उत्तिकै महत्वपुर्ण जिम्मेवारी रहेको बताईन ।त्यसै गरी कार्यक्रममा कोरोना महामारी बेला महिलाको मानसिक समस्याका बारेमा मानसिक रोग विशेषज्ञ डा बिक्रम काफ्लेले जानकारी दिएका थिए । त्यसै गरी आइपिडिजी डिस्ट्रिक ३२५ ए २ नेपालका शोभा जोशीले महिलाको नेतृत्व विकासका बारेमा जानकारी दिईन । महिलाहरु हरेक क्षेत्रमा सफल हुन सक्छन् भन्ने सन्देश दिनका लागि कार्यक्रमको आयोजना गरिएको लायन्स लाली गुरासका पुर्व अध्यक्ष रोसनी ब्रजाचार्यले बताईन ।

कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ वि २ नेपालमा गर्भनर शम्भु नकर्मी पुर्व गर्भरनर महेन्द्र नारायण श्रेष्ठ,डिष्ट्रिक कोडिनेटर सुनिता बजिमय श्रेष्ठ, एरिया चिफ सन्दिप कौशोधन, लायन्स क्लव अफ बुटवल लाली गुरासका अध्यक्ष मिना राजभण्डारी भारी,पावती ज्ञवाली, सम्झना चौधरी, मिना पन्थी,डा शान्ति शर्मा, सृष्टि गुरुङ्ग,शान्ति पाठक पाण्डे,जमुना पाण्डे लगायत बोलेका थिए ।

 

प्रकाशित मिति : सोमबार, फाल्गुन २४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij