काठमाडौं – जल तथा मौसम विज्ञान विभागले अझै केहि दिन वायुमण्डल स्थिर रहने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । गएको शुक्रवार देखा परेको बाक्लो तुवाँलो हटाउन आवश्यक मौसमी प्रणाली नदेखिएकाले अझै केहि दिन प्रदूषण कायम रहने विभागले जनाएको छ ।
विभागले विज्ञप्ति निकालेर तीन दिनपछि वायुमण्डल केही चलायमान हुने देखिए पनि प्रदूषण हट्नका लागि त्यसपछिको डढेलोको अवस्था, वर्षा वा बलियो हावाहुरी आउनेरनआउनेमा भर पर्ने जनाएको छ ।
अहिले काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँको हावा स्वास्थ्यका लागि घातक रहेकाले अत्यावश्यकबाहेक घरबाट ननिस्कन र सावधानीका उपाय अपनाउन पनि विभागले आग्रह गरेको छ । वायु प्रदूषण बढेसँगै सरकारले देशैभरका विद्यालय आउँदाे चार दिनका लागि बन्द गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : मंगलबार, चैत्र १७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्