अर्घाखाँचीमा जिप दुर्घटना हुँदा ७ जना घाईते

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा ७ जना घाईते

अर्घाखाँची ।
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा ७ जना घाईते भएका छन् । ऐरावती ५ प्युठानबाट १० जना यात्रु बोकेर अर्घाखाँचीको सुपादेउराली दर्शन गरि फर्कदै गरेको लु १ ज १६५४ नम्बरको जीप भुमिकास्थान ९ ढिकुरा वडा कार्यालय नजिकै दुर्घटना हुँदा ७ जना घाईते भएका हुन् ।

घाइते हुनेमा प्युठान ऐरावती ५ का ४५ बर्षीया साबित्रा श्रेष्ठ, १५ बर्षीय बिकाश पाठक, ५४ बर्षीय बुद्धि श्रेष्ठ, २८ बर्षीया सुस्मा घर्ती क्षेत्री, १९ बर्षीया सपना जिसी, ७५ बर्षीया पार्वता श्रेष्ठ र १० बर्षीय जेनिस रायमाझी रहेका छन् । घाइतेहरूलाई उद्दार गरि जिल्ला अस्पताल सन्धिखर्कमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुजन शाहले बताए ।

सकुशल सवार ३ जना भने घर फर्किसकेको बताईएको छ । गुडिरहेको जिपको तेलको पाईप फुट्दा इन्जिनले काम गर्न छोडेपछि सडकमै जिप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । जिप दुर्घटनापछि करिव साढे २ घण्टा अवरुद्ध भएको नरपानी नुवाकोट सडकखण्ड संचालन गर्न सडकमा रहेको जिप अन्यत्र सार्ने तयारी भैरहेको स्थानीय समाजसेवी मोती भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : बिहिबार, चैत्र १९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij