‘संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी अभियान’ घोषणा गर्दै माधव समूह

‘संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी अभियान’ घोषणा गर्दै माधव समूह

काठमाडौं ।
नेकपा एमालेको खनाल–नेपाल समूहले ‘संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी अभियान’ आज घोषणा गर्दैछ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको कारबाहीमा परेलगत्तै यो समूहले आज ‘संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी अभियान’ घोषणा गर्न लागेको हो ।

यस्तै एमालेको खनाल–नेपाल समूहले राष्ट्रिय भेलाबाट पारित भएको ‘राजनीतिक प्रतिवेदन’ लाई कार्यकर्ता माझ लैजाने भएको छ । हिजो बसेको बैठकले चैत ४ र ५ गतेको राष्ट्रिय कार्यकर्ता भेलाको निष्कर्षअनुसार ‘संगठन विस्तार तथा सुदृढीकरण अभियान’ लाई अगाडि बढाउने र राजनीतिक प्रतिवेदनलाई कार्यकर्ता माझ लैजाने निर्णय गरेको हो ।

राजनीतिक प्रतिवेदनले आजको छलफलपछि अन्तिम रुप पाउने र त्यसपछि देशभर लैजाने निर्णय भएको नेता योगेश भट्टराईले जानकारी दिएका छन । यो समूहले समानान्तर कमिटी विस्तारको कामलाई पनि अघि बढाएको छ । केन्द्रमा समेत छिट्टै नयाँ समानान्तर कमिटी बनाउने नेता माधव कुमार नेपालले बताइसकेका छन।

एमाले अध्यक्ष ओलीले नेताहरु माधव कुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरिसेका छन। सोधिएको स्पष्टीकरणमा जवाफ चित्तबुझ्दो नआएको भन्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले ४ नेतालाई ६ महिनाका लागि निलम्बन गरेका हुन।

प्रकाशित मिति : शनिबार, चैत्र २१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij