रुपन्देहीमा १६ गते देखि वैशाख ३० गतेसम्म निषेधाज्ञा

रुपन्देहीमा १६ गते देखि वैशाख ३० गतेसम्म निषेधाज्ञा

काठमाडौं ।
कोरोना संक्रमण नियन्त्रणका लागि रुपन्देहीमा बिहीबारदेखि वैशाख ३० गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मंगलबार एक आदेश जारी गर्दै तीव्र रुपमा फैलिएको कोरोनाको दोस्रो लहरको नियन्त्रणका लागि बिहीबार बिहान ६ बजेदेखि वैशाख ३० गते बिहान ६ बजेसम्मका लागि रुपन्देही जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरिएको जनाएको छ । निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाबाहेक अन्य सबै प्रकारका गतिविधिमा रोक लगाइएको छ । यस्तै औषधि उपचार तथा अन्य अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी आसमान तामाङद्वारा जारी आदेशमा निषेधाज्ञा अवधिभर जिल्लाभित्र सबै प्रकारका निजी तथा सर्वाजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएको उल्लेख छ । यसैगरी अन्तर्राष्ट्रिय सीमा नाकामा भारतलगायत तेस्रो मुलुकबाट स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्न पूर्णरुपमा रोक लगाइने जनाइएको छ ।

प्रकाशित मिति : बुधबार, बैशाख १५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij